१६ चैत्र २०८० शुक्रबार
अर्थ

जिल्लाका खेलकुद पूर्वाधार अधुरा

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कभर्डहल पूर्वाधार निर्माणाधिन अवस्थामा छन्। बजेटकै अभावमा पूर्वाधारले पूर्णता पाउन सकेको छैन्। राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र स्थानीय तहले खेलकुदको पूर्वाधारमा लगानी गर्दै आएका छन्। परिषदले उपलब्ध गराएको बजेटबाटै गण्डकी प्रदेशका अधिकांश जिल्लामा कभर्ड हल निर्माणाधिन अवस्थामा छन्। तर पुरा कुनैपनि भएका छैनन्।  हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा कभर्ड हल निर्माणकै क्रममा छ।

मुस्ताङमा मन्त्रालयसँगै स्थानीय तहबाट गरी १ करोड १० लाख रुपैयाँ खर्च भईसकेको छ। मनाङमा निर्माणाधिन कभर्ड हललाई ९० लाख रुपैयाँ खर्च भईसकेको छ। त्यसैगरी तनहुँमा ४० लाखको लागतमा दुईवटा बास्टकेटबल कोर्ट निर्माण गरिएको छ। यसैगरी पर्वतमा ४० लाख रुपैयामा हलको काम हुँदै छ। म्याग्दीमा ९० लाख रुपैयाँ खर्च गरिएको छ। स्याङजमा फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न ६० लाख रुपैयाँ खर्च गरिएको छ। लमजुङमा ३० लाख रुपैयाँ खर्च गरिएको छ। गोरखामा फुटबल मैदान बनाउन रिटेनिङ पर्खाल लगाउन ४० लाख रुपैयाँ खर्च गरिएको छ। म्याग्दीमा पनि फुटबल मैदानको लागि रिटेनिङ पर्खाल बनाउन बजेट छुट्टाइएको हो।  

‘कर्भड हलका काम भएका छन्। तर कुनैपनि पुरा भएका छैनन्।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका ईन्जिनियर प्रनिस ताम्राकारले भने, ‘काम सकिएको छैन्। यो वर्ष पनि थोरै बजेट छ। त्यसैले काम गर्नुपर्ने अवस्था छ।’ उल्लेखित जिल्लाका पूर्वाधारको लागि परिषदले १०÷१० लाख रुपैयाँ मात्रै छुट्टाएको छ। राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी काम गरिएपनि पूर्णता पाउन भने अझै सकेको छैन्।  

परिषदले कास्कीमा विशेष गरी पोखरा रंगशालाभित्रको पूर्वाधार बनाउन र स्तरोन्नति गर्न बजेट छुट्टाइएको छ। पोखरा रंगशालामा स्वीमिङपुललाई ५० लाख, सुटिङ रेन्जलाई ५० लाख, घार्मीस्थित जेष्ठ नागरिक कभर्ड हललाई ५० लाख, रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हललाई १ करोड र फुटबल मैदानको लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ। स्वीमिङ र सुटिङको रेन्ज बनाउन टेण्डर आह्वान भईसकेको छैन्। कभर्ड हलमा सिट राख्ने प्रस्ताव सहित बजेट छुट्टाईएपनि त्यसको लागि टेण्डर आह्वान हुन सकेको छैन्।  

गत आर्थिक वर्षमा कास्कीमै विभिन्न शीर्षकमा १ करोड १४ लाख रुपैयाँ खर्च गरिएको थियो। साना स्थानीय तहमा खेल मैदान निर्माण गर्ने उद्देश्यसहित विनियोजित बजेटबाट काम गरिएको छ। गतवर्ष नै ठूलो बजेटको बाम्दी खेलमैदान ५० लाख रुपैयाँ र घान्द्रुकस्थित मेश्रम बराह माविको खेलमैदान स्तरोन्नति गर्न ५० लाख रुपैयाँ छुट्टाइएको थियो। गण्डकी प्रदेशमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीसँगै पूर्वाधार निर्माण शुरु गरिएको हो। यद्यपी कोभिड–१९ सँगै बजेटको अभावले पूर्वाधारलाई फिनिसिङ गर्न नसकिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए। पूर्वाधार निर्माणले पूर्णता पाउन नसक्दा खेलकुद गतिविधि गर्न सकिएको छैन्।  

प्रकाशित: ६ मंसिर २०७७ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App