८ वैशाख २०८१ शनिबार
अर्थ

४० हजार क्वीन्टल धान खरिद गर्ने खाद्य कम्पनीको तयारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जमा रहेको गोदाम। तस्बिर : अर्जुन ओली

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि किसानसँग ४० हजार क्वीन्टल धान खरिद गर्ने भएको छ। कम्पनीले आगामी मंसिर पहिलो हप्तादेखि धान खरिदको काम सुरु गर्ने तयारी गरेको कम्पनी नेपालगन्जका मुख्य शाखा प्रमुख निर्मल थापाले जानकारी दिए।  

उनका अनुसार कम्पनीले २० हजार क्वीन्टल मोटा र २० हजार क्वीन्टल मध्यम धान खरिद गर्नेछ। कम्पनीले यसवर्षका लागि मोटा धानको २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ सर्मथन मुल्य तोकिसकेको छ। गत वर्ष कम्पनीले मोटा धान प्रति क्वीन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धान २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसामा खरिद गरेको थियो। ‘कम्पनीले सर्मथन मुल्य तोकेपनि बजारको अवस्था हेरेर जिल्लामा रहेको प्राथमिक खरिद समितिको बैठकले निश्चित मुल्य तोक्नेछ,’ थापाले नागरिकसँग भने।  

गत आर्थिक वर्ष २०७६÷०७७ मा कम्पनीले नेपालगन्जबाट ४१ हजार क्वीन्टल धान खरिद गरेको थियो। किसानले उत्पादन गरेको धानलाई कम्पनीले हरेक वर्ष खरिद गर्दै आएको छ। खरिद गरिएको धानबाट चामल तयार गरेर विभिन्न पहाडी तथा हिमाली जिल्लामा लगेर सर्वसाधारणलाई बिक्री गर्ने गरेको छ।  

कम्पनीले जुम्ला, कालिकोट, हुम्ला, डोल्पा, मुगु, जाजरकोट, दैलेख लगायत जिल्लाका विभिन्न स्थानमा चामल पठाउने गरेको मुख्य शाखा प्रमुख थापाले जानकारी दिए। कम्पनीको नेपालगन्जस्थित गोदाममा २९ हजार क्वीन्टल चामल मौज्दात रहेको उनले बताए। कम्पनीको चामल पहाडी तथा हिमाली जिल्लामा पु¥याउन सरकारले ढुवानी अनुदान दिदै आएको छ।  

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App