coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निजी क्षेत्र र सरकारबीचको पुल बन्न चाहान्छु: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू निजी क्षेत्र र सरकारबीच पुल बन्न चाहेको बताएका छन्। महासंघको मंसिर ११ देखि १३ गतेसम्म हुने साधारण सभामा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका ढकालले बडा दसैंको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन्।  

व्यवसायीका समस्या राज्यका निकायलाई बुझाउन भरपर्दो रुपमा समन्वय गर्न सक्ने र परेको बेला राज्यका जुनसुकै निकायको ढोका ढकढकाउन सक्ने नेतृत्व चाहिएको उनले बताए। ‘अहिलेको संकट टार्न निजी क्षेत्र र सरकारबीच पुल बन्न सक्ने नेतृत्व महासंघमा चाहिइएको छ,’ ढकालले भने, ‘म त्यो पुल बन्न चाहान्छु।’ ढकालले पुलको बलियो डोरी र खम्बा बन्न सक्ने क्षमता आफूमा रहेको दाबी गरे। ‘मेरो लचकता र समन्वयात्मक क्षमता नै पुलको सबैभन्दा बलियो डोरी र खम्बा हुन्,’ ढकालले भने।

कोरोनाले थलिएको अर्थतन्त्र निको नभएकाले यसलाई माथि उठाउने दायित्व रहेको उनले बताए। ‘अहिले निजी क्षेत्र मारमा छ। उद्योगमा संकुचन आएको छ,’ ढकालले भने, ‘कोरोना महाव्याधीको संकटले थिचिएका तथा दबिएका व्यवसायीलाई राज्यको सहयोग र समन्वय चाहिएको छ।’

ढकालले आफ्नो व्यावसायिक जीवनको सुरुवात सानो कोल्ड स्टोरबाट सुरु भएको स्मरण गर्दै यो अवस्थामा आउँदा साना, ठूला र मझौला स्तरका व्यवसायीको सुख, दुःखलाई नजिकबाट छाम्न सक्ने क्षमताको विकास भएको बताए। ‘मेरो व्यावसायिक जीवनमा कमाएको ठूलो पुँजी यही हो,’ उनले भने, ‘मेरो व्यवसायको प्रकृति देशका ७७ जिल्लामा फैलिएकाले व्यवसायीको पीडा, समस्या र बेदना बुझ्न सक्छु।’

प्रकाशित: ९ कार्तिक २०७७ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App