coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतले खोल्यो अन्तर्राष्ट्रिय सीमानाका, नेपाल र भुटानलाई बिशेष सुबिधा

वीरगन्जसंग जोडिएको भारतीय सीमास्थित मितेरी पुल । तस्बिरः रितेश त्रिपाठी

छिमेकी मुलुक भारतले बिहीबारदेखि आफ्नो सम्पुर्ण सीमानाकाहरु खोलेको छ। कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ बिमारीको प्रकोप रोकथाम तथा नियन्त्रणको लागि भारत सरकारले बन्द गरेको नेपालसहितका सम्पुर्ण सीमानाकाहरु खोलेको हो।  

मुलुकको प्रमुख ब्यापारिक नाका वीरगन्जमा भने भारतको सीमा खुलेपछि उताबाट आउन र यताबाट जान खोज्ने मानिसहरुको आवागमन बढेको देखियो। विगत ७ महिनादेखि कोरोना महामारीका कारण बन्द रहेको नेपाल भारत सीमा खुल्ला गर्ने भनी यहाँका स्थानीय सरोकारवालाले आवाज उठाएको बेला भारतले आफ्नो सबै अन्तर्राष्ट्रिय सीमाहरु खोलेको हो। नेपालको भने कात्तिक २९ सम्म सीमाहरु बन्द रहने मन्त्री परिषदको निर्णय अनुसार अहिले नेपालतर्फबाट भने सीमा बन्द नै रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।  

गत अक्टुबर २१ अर्थात बुधबारका दिन सम्बद्ध निकायहरुलाई भारतीय गृह मन्त्रालयले एउटा परिपत्र जारी गर्दै सीमानाका र अध्यागमन केन्द्रहरु खोलिएको जनाएको छ। उक्त परिपत्रमा भारतका सबै एक सय ७ वटा अध्यागमन केन्द्रसंगै आइसिपी र ब्यापारिक नाकाहरु खुल्ला गरिएको छ। ‘हामीलाई आन्तरिक रुपमा त्यसतो परिपत्र आएको हो, त्यो सार्वजनिक सूचना चाँही होइन,’ एक भारतीय अधिकारीले नागरिकसित भने, ‘अनौपचारिक रुपमा हामीले यति मात्र भन्न सक्छौं भारतको तर्फबाट अब सीमा नाका र अध्यागमन केन्द्रहरु बन्द छैनन्।’  

यसअघि बिभिन्न मितिमा जारी भारतको केन्द्र सरकारको निर्देशन अनुसार सीमा नाकाहरु बन्द थिए। सीमानाका खुलेपछि यताबाट भारत प्रवेश गर्ने मानिसहरुलाई जान अब बाधा छैन। नेपाल सरकारको निर्णय अनुसार नेपली सीमा अहिले पनि बन्द नै रहेकोले सीमा पारीबाट भने मान्छेहरु औपचारिक रुपमा नेपाल आउन सकेका छैनन्।  

उक्त परिपत्र अनुसार नेपाल र भुटानका नागरिकलाई उल्लेखित रुपमैं भारत सरकारले केही सुबिधा दिएको छ। जस अनुसार नेपाली र भुटानी नागरिक अन्य मुलुकबाट भारतीय विमानस्थल भएर नेपाल आउन सक्ने छन्। उनीहरुलाई आवागमनमा समेत बाधा पर्ने छैन। हवाई मार्गको सम्पर्क भने उडान हुने सम्बन्धीत देशको ब्यवस्था अनुसार नै हवाई सेवा प्रदायक कम्पनीहरुले ब्यवस्थापन गर्ने भनिएको छ। अन्य मुलुकका नागरिकका लागि पर्यटन भिषा भने खुल्ला नभएको बताइएको छ।  

‘यो निर्णय नेपाल लक्षित मात्र होइन, भारतले समेत सीमा नाका र अध्यागमन केन्द्रहरु बन्द राखेको बेला यता नेपाल सरकारले कात्तिक २९ सम्म सीमा नाका बन्द राख्ने निर्णय गरेको थियो, जसको समययसीमा बाँकी नै छ’ भारतीय अधिकारीले भने, ‘यति हो।’

प्रकाशित: ६ कार्तिक २०७७ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App