coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ठूला करदाताको राजस्व बढ्यो, २७ अर्ब राजस्व संकलन

कोभिड–१९को कारण अर्थतन्त्रमा असर पुगेर समग्र राजस्व संकलनमा गिरावट आइरहेका बेला ठूला करदाता कार्यालयबाट संकलन हुने राजस्व भने बृद्धि भएको छ। चालु आर्थिक वर्ष ०७७/७८को पहिलो तीन महिना (असोजसम्म) २७ अर्ब १५ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जनाएको छ। पोहोर सोही अवधिमा (असोजसम्म) २६ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।  

कोभिड प्रभावका बीच पनि गत वर्षभन्दा ४५ करोड २४ लाख राजस्व संकलन बृद्धि भएको ठूला करदाता कार्यालयका प्रमुख बाबुराम गौतमले बताए। आन्तरिक राजस्व विभागले यो वर्ष ठूला करदातालाई दुई खर्र्ब ६ अर्ब ८३ करोड ५२ लाख राजस्व संकलन गर्न वार्षिक लक्ष्य दिएको छ। कोभिडले असर गरे पनि तीन महिनाको राजस्व संकलन सन्तोषजनक भएको प्रमुख गौतमले बताए। ‘पोहोर भन्दा राजस्व संकलन बृद्धि भएको छ,’ गौतमले भने, ‘तीन महिनामा लक्ष्यको ९५.१५ प्रतिशत राजस्व संकलन गर्न सफल भएका छौं।’  

ठूला करदाता कार्यलयमा वार्षिक ८० करोड रुपैयाँ भन्दा बढी कारोबार व्यापारिक संघ,संस्था पर्छन्। ठूला करदाता माताहत सक्रिय करदाताको संख्या ६ सय ८० रहेका छन्। कृषिजन्य व्यवसाय गर्ने एक सय तीन, बैंक, वित्तीय संस्था, बीमा ८८, बहुराष्ट्रिय कम्पनी ३३, गैह्रकृषितर्फ एक सय एक, सेवातर्फ एक सय दुई र व्यापारतर्फ दुई सय ५३ करदाता ठूला करदाता कार्यालय माताहत छन्। ती मध्ये मूल्य अभिवृद्धि करमा पाँच सय १८ रहेका छन्।  

ठूला करदातामा कर बुझाउनेमा व्यक्तिगत फर्म ५०, प्राइभेट लिमिटेड, साझेदारीफर्म लगायतका अन्य निकाय ६ सय ३० रहेका छन्। ठूला करदाता कार्यालयले आन्तरिक राजस्व प्रशासन, आयकर ऐन,२०५८, मूल्य अभिवृद्धिकर २०५२, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर अनुसार राजस्व संकलन गर्छ।

समग्र राजस्व संकलन भने कम रहेको छ। सरकारले यो वर्ष १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। बुधबारसम्म दुई खर्ब ११ अर्ब ९३ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

 

 

 

प्रकाशित: ६ कार्तिक २०७७ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App