७ वैशाख २०८१ शुक्रबार
अर्थ

जुम्लामा सहुलियत उडान

गो कर्णाली टुर एन्ड ट्राभल्सले सीता एयरमार्फत कात्तिक १ देखि सुर्खेत–जुम्ला, जुम्ला–नेपालगन्ज रुटमा सहुलियत हवाइ उडान गरिरहेको छ । पहिले पाँच हजार पाँच सय रूपैयाँ तिर्नुपर्नेमा अहिले चार हजार एक सय रूपैयाँमा उड्न पाइने भएको छ ।  

ट्राभल्स सञ्चालक ललित महतका अनुसार सहुलियत उडान लामो समयसम्म कायम रहनेछ । कर्णाली पर्यटन उत्थान समितिका संयोजकसमेत रहेका महतले दसैंमा जिल्लाबाहिर र जुम्लाबाट घर जाने तयारीमा रहेका मानिसका लागि सहुलियत उडान सेवा सुरु भएको बताए ।  

उनले भने, ‘कोरोनाको समयमा सबै क्षेत्र प्रभावित छ । समयमै सस्तो टिकटमा आवतजावत गर्न पाइयोस् भनेर सहुलियत उडान गरिएको हो ।’ पहिलेको तुलनामा अहिले १४ सय रूपैयाँ कममा उड्न पाइने भएको हो । सहुलियत उडानले पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।  

सहुलियत उडानका लागि सीता र गो कर्णाली टुर एन्ड ट्राभल्सबीच सम्झौता भएको छ । सहुलियत उडान हुन थालेपछि स्थानीय हवाई मार्गमार्फत घर फर्किरहेका छन् । अन्य जहाजले भने नेपालगन्ज–जुम्ला वा सुर्खेत–जुम्ला पाँच हजार पाँच सय भाडा लिइरहेका छन् । गो कर्णालीले एक्कासि सहुलियत उडान भर्न थालेपछि जहाज चढ्ने यात्रुको भिड नै लाग्न थालेको छ ।

प्रकाशित: ६ कार्तिक २०७७ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App