१३ मंसिर २०७७ शनिबार
अर्थ

निसान म्यागनाइट एसयुभी सार्वजनिक

निसान मोटर्सको बहुप्रतीक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बी–एसयुभी म्यागनाइट अनलाइनमार्फत विश्वव्यापी रूपमा सार्वजनिक भएको छ । निसानका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निसान म्यागनाइट लन्च गर्ने पूर्वतयारी सुरु गरेको जनाएको छ । यो एसयुभीमा स्पोर्टी लुक्स सहित एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लोटिङ रूफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्पर जस्ता विशेषता रहको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

निसान म्यागनाइट १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको । यसमा एउटा नेचुरली एसपिरेटेड र अर्काे टर्बाेचाज्र्ड इन्जिन हुने बताइएको छ । यो गाडीमा आठ इन्च फुल फ्लस टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, सात इन्च टिएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचर उपलब्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ६ कार्तिक २०७७ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App