१५ चैत्र २०८० बिहीबार
अर्थ

सार्वजनिक यातायातमा फेससिल्ड अनिवार्य

फाइल तस्वीर

सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु र चालकले अनिवार्य रुपमा फेससिल्ड लगाउनुपर्ने नियम ल्याएको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि बडा दसैंको अवसरमा यात्रा गर्ने यात्रुलाई लक्ष्य गरी फेससिल्ड अनिवार्य गरेको हो। कोभिड १९ को संक्रमण जोखिम बढेको भन्दै सो नियम लागू गरिएको हो। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले यात्रुको सुरक्षालाई ध्यान दिँदै फेससिल्ड लगाएर मात्रै सार्वजनिक यातायातमा यात्रा गर्न अनुरोध गरेका छन्।

प्लेनमा यसअघि नै फेससिल्ड अनिवार्य छ। प्रवक्ता भुसालले यात्रु स्वयंले नै फेससिल्ड किनेर लगाउनुपर्ने बताए। मन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले मध्यम तथा लामो दुरीको सार्वजनिक सवारीमा सिट क्षमता अनुसार यात्रु राखेर यात्रा गराउन पाउने र अतिरिक्त भाडा लिन नपाउने व्यवस्था गरेको छ। काठमाडौं उपत्यकामा भने सिट क्षमताको आधा मात्रै यात्रु चढाउन पाइने छ। 

प्रकाशित: ३ कार्तिक २०७७ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App