coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आठ महिनादेखि सीमापारि अड्किए गाडी

रसुवा कन्टेनर व्यवसायी समितिका अध्यक्ष किप्पा घलेले पारिरहेका कन्टेनर ल्याउन पहल गर्दै आए पनि हालसम्म कुनै पनि निकायले ठोस जवाफ नदिएको बताए।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुका फुर्पा तामाङले आठ महिनादेखि आफ्नो मालबाहक ट्रक देख्न पाएका छैनन्। गत माघ १५ देखि उनको ट्रकरसुवागढीपारि चिनियाँ भूभागमा छ।  

नाका सञ्चालनमा आइसके पनि उनको गाडी आउने छाँटकाँट छैन। गाडी वारि ल्याउन नपाएपछि उनको व्यवसाय ठप्प छ। आठ महिनादेखि कमाइ शून्यमा झरेको छ। पारि अड्किएका गाडी ल्याउन नपाएपछि उनी अहिले निकै तनावमा छन्। लकडाउनपछि किस्ता नतिरेकाले उनलाई बैंकले किस्ता तिर्न मौखिक लिखित ताकेता गरिरहेको छ।  

उनका दुवै गाडी चिनियाँ भूभागमा अड्किएका छन्। ‘समयमै किस्ता नतिरे गाडी बैंकले तान्छ,’ उनले भने, ‘अहिले किस्ता तिर्न सक्ने अवस्था छैन।’  

लकडाउन हुनअघि आठ लाख ३४ हजार बैंकलाई बुझाउन बाँकी थियो। समयमै किस्ता बुझाउन नसक्दा अहिले बढेर नौ लाख ५९ हजार पुगेको छ। लकाउनपूर्व उनलाई किस्ता बुझाउन समस्या थिएन। कमाइराम्रै थियो। गाडी नियमित चलिरहेको थियो।  

माघ १३ गते उनी नेपाली सामान लिएर केरुङ गए। ल्होसारका कारण उताबाट आयात हुने सम्भावना भएन। ल्होसारका कारण १० दिन नाकामा आयातनिर्यात नहुने भएकाले उनले खालि कन्टेनर नाकानजिकै चिनियाँ भूभागमा ल्याएरराखे।  

त्यहाँराख्दा नाका खुल्ने बित्तिकै जान पाइन्थ्यो। तर पछि कोरोनाको त्रासले नाका बन्द भयो। उताराखिएका गाडी नेपाल ल्याउन पाइएन। यता भएका गाडी पनि त्यसै थन्किएका थिए। नाका खुलेपछि नेपालतर्फ भएका गाडीले भने धेरथोर सामग्री ढुवानीको काम पाएका छन्।  

अर्का व्यवसायीराजु श्रेष्ठका पनि दुइटा कन्टेनर उतैरोकिएका छन्। ल्होसारपछि सामान लिन छिटो जान पाउने आसमा चिनियाँ भूभागमा छोडिएको गाडी अहिले नेपाल ल्याउन नसक्दा समस्या बढ्दै गएको छ। ‘उतारोकिएका गाडी ल्याउन सकिएको छैन,’ उनले भने, ‘बैंकले किस्ता तिर्न ताकेता गरेको ग¥यै छ।’ उनले लामो समयदेखि पारिरोकिएका गाडी ल्याउन पहल गरिरहेका छन्।  

रसुवा कन्टेनर व्यवसायी समितिका अध्यक्ष किप्पा घलेले पारिरहेका कन्टेनर ल्याउन पहल गर्दै आए पनि हालसम्म कुनै पनि निकायले ठोस जवाफ नदिएको बताए। ‘हामीले पहल गरिराखेका छौं,’ उनले भने, ‘तर जसलाई भने पनि कुरा भइराखेको छ भन्ने जवाफ आउँछ।’

चीनतर्फ गाडीरोकिँदा धेरैजनाको घरबास गुम्ने अवस्था आएकोरसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्जिव अमात्यले बताए। ‘अहिले धेरै कन्टेनर व्यवसायी किस्ता तिर्न नसकेर ठूलो पीडामा छन्,’ उनले भने, ‘यसका लागि सम्बन्धित निकायले बेलैमा पहल गरिदिनुपर्छ।’ नाका पारि ७–८ वटा कन्टेनर छन्। बाँकी कन्टेनर केरुङमा छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले चीनतर्फरोकिएका गाडी तत्काल आउने सम्भावना नरहेको संकेत गरे। ‘हामीले चिनियाँ पक्षसँग कुराकानी गरिराखेका छौं,’ उनले भने, ‘अहिले नेपाली चालक पठाएर गाडी ल्याउने विषयमा उनीहरूले केही बताएका छैनन्।’

प्रकाशित: २ कार्तिक २०७७ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App