१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिजुलीको महसुल नगरपालिकाले तिरिदिने

रौतहटको फतुवा विजयपुर नगरपालिकाको चौथो नगरपरिषद् ढिलो गरी सम्पन्न भएको छ । गत असार १० मा सकिनुपर्ने नगरसभा असोज ३० मा सम्पन्न भएको हो । नगरसभा ढिलो भए पनि सर्वसाधारणलाई भने प्रत्यक्ष राहत दिने निर्णय गरेपछि नगरका सर्वसाधारण खुसी देखिएका छन् । नगरसभाले नगरभित्रका सम्पूर्ण किसानको कृषि कार्यमा प्रयोग हुने बिजुली तथा घरायसी काममा प्रयोग हुने बिजुलीको बिल नगरपालिकाले तिर्ने निर्णय गरेको छ । असोज महिनादेखि आगामी असारसम्मको बिजुलीको बिल तिर्न नगरसभाले ७० लाख रुपैया विनियोजन गरेको छ ।

उद्योग, कलकारखना तथा व्यवसायमा प्रयोग हुने बिजुलीको बिल भने सम्बन्धित व्यक्ति वा निकायले नै तिर्नुपर्ने भएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, खानेपानी र यातायातलाई विशेष प्राथमिकतामा राखेको बजेटले सबैभन्दा ठूलो राहत सर्वसाधारणलाई दिएको छ । कृषि विद्युत् महसुल नगरपालिकाले नै तिर्ने भएपछि नगर क्षेत्रमा कृषिको विकास हुने विश्वास स्थानीयवासीले गरेका छन् । नगरसभाले चालु आर्थिक वर्षको लागि ५४ करोड २० लाख १३ हजार १९ रुपैयाको बजेट सर्वसम्मतले पारित गरेको छ ।

प्रकाशित: २ कार्तिक २०७७ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App