coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इटहरीका चार मासु पसलमा तालाबन्दी

मापदण्ड अनुसार सञ्चालन गरेको नपाइएपछि इटहरीका चारवटा मासु पसलमा तालाबन्दी गरिएको छ। न्यूनतम मापदण्ड पालना नगरिकन संक्रमण फैलिने ढंगले सञ्चालन गरिएको मासु पसलमा तालाबन्दी गरिएको हो।  

इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्व टोलीले शनिबार वजार अनुगमनको क्रममा विपी चौक जाने सडक छेउमा रहेका मासु पसलमा ताला लगाइएको हो। चाडपर्वलाई मध्यनजर राखेर असोज २५ गतेदेखि इटहरीमा अनुगमन चलिरहेको छ। यसैक्रममा मापदण्ड विपरीत सञ्चालन भएका मासु पसल तालाबन्दी गरिएको हो।  

तालाबन्दी गरिएका मासु पसल सञ्चालकलाई खुल्ला रुपमा मासु नबेच्न र तीन दिनभित्रमा जाली लगाउनुका साथै आवश्यक मापदण्ड तयार गरेर मात्र सुचारु गर्न  निर्देशनसहितको पत्र दिइएको छ। तर अटेर गरेर सञ्चालन गरेको पाइएपछि तालाबन्दी गरिएएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भट्टराईले बताए। इटहरी क्षेत्रमा सञ्चालित अरु चार वटा पसललाई तीन दिनभित्र सुधार निर्देशन दिइएको छ।  

इटहरीमा मासु पसल मापदण्ड बिना सञ्चालन हुने वग्रेल्ती छन्। अघिल्लो वर्ष पनि चाडपर्वकै बेला इटहरी बजारको अनुगमनको क्रममा कुहिएको मासु समेत बेच्न राखेको पाइएको थियो।  

यहाँ सञ्चालित मासु पसलमा पशु वधशाला तथा मासु जाँच नियमावलि २०५७ वमोजिमको मापदण्ड कसैले पनि पालना गरेको पाइँदैन। पसलमा जाली शिशा लगाउनु पर्ने, टायल लगाएर सजिलै सफा गर्न सकिने वनाइदिनु पर्ने, मूल्यसूची, वोर्ड राखिनुपर्ने, औजार र जोख्ने समान सफा सुग्घर हुनुपर्ने नियम छ। तर, नियम केही सीमितले मात्र पालना गरेको पाइन्छ। मासुका कारण थुप्रै किसिमका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनुपर्ने चिकित्सक बताउँछन्।

प्रकाशित: १ कार्तिक २०७७ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App