coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषकको बिजुलीको बिल नगरपालिकाले तिरिदिने

रौतहटको फतुवा विजयपुर नगरपालिकाको चौथो नगर परिषद ढिलो गरी सम्पन्न भएको छ। गत असार १० मा सकिनुपर्ने नगरसभा असोज ३० मा सफल हुन पुगेको हो। नगरसभा ढिलो भए पनि सर्वसाधारणलाई भने प्रत्यक्ष राहत दिने निर्णय गरेपछि नगरका सर्वसाधारण खुसी देखिएका छन्।  

नगरसभाले नगरभित्रका सम्पूर्ण किसानको कृषि कार्यमा प्रयोग हुने बिजुली तथा घरायसी प्रयोजनमा प्रयोग हुने बिजुलीको बिल नगरपालिकाले नै तिर्ने निर्णय गरेको छ। असोज महिनादेखि आगामी असारसम्मको बिजुलीको बिल तिर्न नगरसभाले ७० लाख रुपैयाँ विनियोजन गरेको छ।

उद्योग, कलकारखना तथा व्यावसायमा प्रयोग हुने बिजुलीको बिल भने सम्बन्धित व्यक्ति वा निकायले नै तिर्नुपर्ने भएको छ। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, खानेपानी र यातायातलाई विशेष प्राथमिकतामा राखेको बजेटले सबैभन्दा ठूलो राहत सर्वसाधारणलाई दिएको छ।

कृषि विद्युत महसुल नगरपालिकाले नै बेहोर्ने भएपछि नगर क्षेत्रमा कृषिको क्षेत्रमा नयाँ क्रान्ति आउने विश्वास स्थानीयबासीले गरेका छन्। कृषिको उत्पादनमा व्यापक सुधार हुने विश्वास स्थानीयबासीको रहेको छ।  

नगरसभाले चालू आर्थिक वर्षको लागि ५४ करोड २० लाख १३ हजार १९ रुपैयाँको बजेट सर्वसम्मतले पारित गरेको छ।

प्रकाशित: १ कार्तिक २०७७ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App