coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिपन्न महिलालाई सिलाई मेशिन

कपिलवस्तुको बाणगंगा नगरपालिकाकास्थित जितपुरमा १७ बिपन्न महिलालाई सिलाई मेशिन बितरण गरिएको छ। लुम्बिनी एकीकृत विकास संस्था (लीडो)ले कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा सिलाई मेशीन बितरण गरेको हो। 

गरीब असहाय महिलाहरुको लागि आर्थिक सबलीकरण र जीवकोपार्जनका निम्ति सहयोग हुने उद्द्येश्यले सिलाई मेशीन बितरण गरिएको लिडोकी सुनिता बेल्बासेले बताईन्। मेयर मंगल प्रसाद थारु, सिद्धार्थ क्याम्पसका रवि काफ्ले र कतार च्यारिटीका कार्यक्रम इंचार्ज इंन्जीनियर आमिर फैसलले बिपन्न महिलालाई मेशीन हस्तान्तरण गरेका थिए। सो अवसरमा मेयर थारुले बिपन्न महिलालाई संस्थाले मेशीन सहयोग गरेर राम्रो काम गरेको बताए। उनले  मेशिनले महिलाहरुको जीवनयापतमा सहयोग हुने उनले बताए।  मेशिन पाएर महिलाहरु खुशी भएका थिए। कार्यक्रम अध्यक्षता वडा नम्बर ४ का अध्यक्ष गणेश क्षेत्रि र सुनिता बेल्बासेको संचालनमा भएको थियो।  

प्रकाशित: १ कार्तिक २०७७ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App