coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अखाद्य वस्तु बिक्री गर्नेमाथि खाद्य विभागको निगरानी

दुई दर्जन उद्योगविरुद्ध मुद्दा

बजारमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तु बिक्री गर्ने क्रम बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनलाई तिब्रता दिएको छ। चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल हुने खाद्यवस्तु उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्नका लागि विभागले सक्रियता बढाएको हो।

विभागले टोली परिचालन गरेर खाद्य ऐन विपरित खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गर्ने दुई दर्जन उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। खाद्य ऐन विपरित  दुई उद्योगको उत्पादन रोकेको, २१ उद्योगविरुद्ध मुद्दा दायर गरेको र एक पानी उद्योगमा सिल गरेको विभागले जनाएको छ।

अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्न ‘¥यापिड रेस्पोन्स टिम’बनाएर बजारमा निगरानी बढाएको विभागका महानिर्देशक उपेन्द्र रायले बताए। ‘चाडपर्वमा बजारमा धेरै बेथिति देखिन्छ,’ रायले भने, ‘यसलाई नियन्त्रण गर्न विभागले सक्रियता बढाएको छ।’ राजधानीमा मात्र नभएर मुलुकभर अनुगमन बढाएको रायले जानकारी दिए।  

विभागले टोली बनाएर परिचालन गरेको छ। विभागले राजमार्गका होटलको पनि अनुगमन गर्ने तयारी गरेको छ। चाडपर्वमा सवारी साधनमा यात्रा गर्ने यात्रुलाई राजमार्ग आसपासका होटलले गुणस्तरहीन खाना खुवाउने गरेको आरोप लाग्दै आएको छ।

 

प्रकाशित: ३० आश्विन २०७७ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App