सिटी एक्सप्रेस मनी ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको सहकार्यमा ‘दसैं, तिहार बम्पर धमाका’ योजना सार्वजनिक भएको छ। योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिने जनाइएको छ।
हरेक हप्ता हुने लक्की ड्रमार्फत विजेताले टिभी, माइक्रोवेभ जस्ता घरेलु उपकरण देखि ६ लाख रूपैयाँसम्म नगद उपहार जित्न सक्ने कम्पनीले जनाएको छ। योजना नोभेम्बर १४ सम्म चल्नेछ। सिटी एक्सप्रेसले संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको जनाएको छ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।
प्रकाशित: २२ आश्विन २०७७ ०१:५८ बिहीबार