नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को औद्योगिक राजधानी नेपालगन्जलाई बनाउन माग गरेको छ। संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जिवी ओलीले एक विज्ञप्ती जारी गर्दै प्रदेश पाँच सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउन गरेको निर्णयलाई स्वागत गर्दै औद्योगिक राजधानी घोषणा गर्न माग गरेका हुन्।
‘नेपालगन्जमा पटक–पटक केन्द्रीय नेतृत्व आएर बाँकेलाई औद्योगिक राजधानी हो अथवा बनाउने हो भनि विश्वास दिँदै गर्दा साविक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने र बाँकेको नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन किन नहुने? यी र यस्ता निर्णयले बाँके र बर्दियालाई अर्को चिन्ता थपेको छ,’ विज्ञप्तीमा भनिएको छ।
प्रदेश सरकारले साविक राप्ती अञ्चलमा राजधानी र साविक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरेको भनि आएका विषयप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रकाशित: २० आश्विन २०७७ १३:५० मंगलबार