७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्लोबल आइएमईको नयाँ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रूपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दती योजनाले महिलाका नाममा बचत गर्न, महिलालाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रूपमा महिलालाई सबल बनाउन, सहयोग पु¥याउने बैंकले जनाएको छ ।  

एक लाख रूपैयाँभन्दा बढी रकममा खोल्न सकिने यो मुद्दती खातामा वार्षिक नौ प्रतिशतसम्म ब्याज पाइनेछ । यो खाता ६ महिनादेखि ५ वर्ष अवधिको खोल्न सकिने बैंकले उल्लेख गरेको छ । आवश्यकता अनुसार पटकपटक रकम थप गर्न पनि सकिने बैंकले जनाएको छ ।

बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने जनाएको छ । यस योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकले होम लोनको प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट पाउनेछन् भने निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहकको घरदैलोमै पुगेर सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रकाशित: १४ आश्विन २०७७ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App