७ वैशाख २०८१ शुक्रबार
अर्थ

एमएडब्लू फाउन्डेसनबाट ट्राफिक प्रहरीलाई फेससिल्ड र मास्क

कोभिड–१९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।  

एमएडब्लू फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्वएआइजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् ।

‘कोरानाको महामारीको समयमा पनि कर्तव्यपालनमा अहोरात्र खटिरहनुभएका ट्राफिक प्रहरी संगठनप्रति हामी गौरवान्वित छौं र त्यसैले उहाँहरूको लागि सानै भए पनि योगदान गर्ने चेष्टा गरेका छौं,’ फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले भनिन्, ‘आशा छ, यसले कर्तव्यपालना गर्दा कोरोनासँग बच्न सहयोग पु-याउनेछ ।’ वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले सहयोगका लागि फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन् ।

गत साता पनि एमएडब्लू फाउन्डेसनले थानकोटस्थित श्री अरबिन्द योग मन्दिरमा बसोबास गर्ने बालबालिकाको खाद्यान्न र स्टेसनरीका लागि आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित: १४ आश्विन २०७७ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App