१६ चैत्र २०८० शुक्रबार
अर्थ

एक रूपैयाँमा होन्डा चढ्ने योजना

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैंलाई लक्ष्य गरी ‘हरएक नेपालीलाई एक रूपैयाँमा होन्डा’ नामक योजना सार्वजनिक गरेको छ । 

कम्पनीले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको अवसरमा समस्त नेपालीमाझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । योजना अवधिभर होन्डाको कुनै पनि बाइक वा स्कुटर मात्र एक रूपैयाँ डाउनपेमेन्ट वा एक रूपैयाँको इएमआई र एक प्रतिशतको ब्याजदरमा खरिद गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।  

स्याकार इन्भेस्टमेन्ट भएका स्थानमा लागू हुने यस फाइनान्स योजनामा अन्य आकर्षक नगद उपहारका साथै थुप्रै सुविधा रहेको कम्पनीले जनाएको छ । 

योजना अन्तर्गत नै होन्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत एक लाख रूपैयाँसम्म नगद छुट, सात वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङका साथै सात वर्षको लागि स्पेयर पार्टसमा प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यसका साथै होनडा बिग बाइकको खरिदमा आकर्षक नगद छुट प्राप्त सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १४ आश्विन २०७७ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App