सिजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ मा परेका छन् । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो ।
ओबरोय होटल्स, ह्यात, हिल्टन, आइएचजी, म्यारियोट, लिला, एकोर, -याडिसन, ताज जस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा राहुल परेको चौधरी ग्रुपले जनाएको छ । राहुलले चौधरी ग्रुपको ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन् ।
उनी यो सूचीका सबैभन्दा कान्छा सदस्यसमेत भएको जारी विज्ञप्तिमा उल्लेख छ । ‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि परेका थिए ।
प्रकाशित: १३ आश्विन २०७७ ०४:११ मंगलबार