८ वैशाख २०८१ शनिबार
अर्थ

टिभिएस एनटर्क १२५ नेपालमा सर्वाधिक बिक्री

जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जनाएको छ । एक भर्चुअल कार्यक्रममा कम्पनीले ग्राहकका इच्छा र चाहना अनुरूप प्रदर्शन गर्न सकेका कारण यसले छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको बताएको छ । 

जगदम्बा मोटर्सले नेपालमै पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएको र हाल यो स्कुटर विभिन्न तीन भेरियन्ट–– ड्रम ब्रेक, डिस्क ब्रेक र रेस एडिसन–– मा रहेको यो स्कुटर महिला वर्गमा मात्र नभई युवा तथा जुनसुकै उमेर समूहका चालकलाई सुहाउँदो रहेको कम्पनीले जनाएको छ । 

भारतमा स्कुटर अफ द इयर अवार्ड, अटो कार अवार्ड, बेस्ट कम्युटर टू ह्विलर अवार्ड जस्ता अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ डिएनएबाट प्रेरित रहेको कम्पनीको दाबी छ । नेपालमा १२५ सिसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क यो सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित: १३ आश्विन २०७७ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App