८ वैशाख २०८१ शनिबार
अर्थ

खाद्य व्यवस्थामा प्याज किन्नेको भिड

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्री वितरण गरेको छ। व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज कम्पनीको थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको हो। प्याज एक जनालाई बढीमा तीन किलोसम्म दिने गरिएको छ। बजार अनुगमनका क्रममा १४ हजार ६०० किलो प्याज सरकारले नियन्त्रण गरेको  काठमाडौं महानागरपालिका अनुगमन टोलीका पुष्कर खड्काले जानकारी दिए।  

‘बजार अनुगमनका क्रममा बढी मूल्यमा बिक्रि गरेको प्याजलाई जफत गरि खाद्य संस्थालाई जिम्मा लगाएर बिक्रि गरिएको हो’, उनले भने’, बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरि १ ४० रुपैयाँ सम्म बिक्रि गरेको सूचाना पाइएकोले उपत्यकाका विभिन्न पसलमा अनुगमन गरिएको हो।’  

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको भाउ अकासिएको उनको भनाई छ।  

बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढ्न थालेको कम्पनीका बागमती प्रदेश बिक्री प्रमुख रणबहादुर बुढोथोकीले बताए।  

‘केहिदिन यता बजारमा प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ। त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि मानिसहरु आएका छन्’ उनले भने, ‘उपभोक्ताले खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको हो।’  

शुक्रबारदेखि प्याज बेच्न सुरू गरिएको हो। बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म बिक्रि वितरण गरिन्छ। प्रति व्यक्ति तीन किलोसम्म किन्न पाउने छन्। 

प्रकाशित: १२ आश्विन २०७७ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App