coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निसानको चाडपर्व अफर, शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ। 

योजना अन्तर्गत शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिनुका साथै नौ महिनासम्मको किस्तासमेत कम्पनीले नै तिरिदिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अफर नलिने ग्राहकलाई भने २० लाखसम्म नगद छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ। साथै, ३५ हजार नौ सय ९९ रूपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन समेत प्राप्त गर्न सकिने जनाइएको छ।

यो पनि पढ्नुहोस्

निसानका सम्पूर्ण गाडीमा ‘बाइ नाओ पे लेटर’ योजना

 यो योजना अन्तर्गत हरेक निसान गाडी खरिदमा ५० हजारसम्मको एसेसोरिज र एक वर्षको बिमा निःशुल्क, १० वर्षसम्मको फाइनान्सिङ, बोच हाई प्रेसर वासर, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, लोयल्टी बोनस, चालु आर्थिक वर्षको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७७ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App