coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सैलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र बुझाउँदै शैलुन व्यवसायी । तस्बिर : नागरिक

खोटाङका सैलुन व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन्। कोरोना कहरका कारण बिगत ६ महिनादेखिे व्यवसाय बन्द हुँदा आफूहरु मारमा परेको भन्दै सैलुन व्यवसायीले स्वास्थ्य सुरक्षामा सम्पूर्ण मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।  

आईतबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र बुझाउँदै सैलुन व्यवसायीले आफ्नो परिवार ‘रोगले होईन भोक’ले मर्ने अवस्था आएको गुनासो गरेका छन्। कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि व्यवसाय बन्द हुँदा हातमुख जोर्नै समस्या पर्न थालेको भन्दै सैलुन व्यवसायी सन्तोष ठाकुरले बताए।  

सरकारले बन्दाबन्दी अन्त्यको घोषणा गरे पनि हालसम्म शैलून तथा ब्युटिपार्लर व्यवसायीले निर्वाधरुपमा व्यवसाय सञ्चालन गर्न पाएका छैनन्। जिल्लामा अधिकांश तराईबाट आएर व्यवसायीले भाडामा कोठा लिएर सैलुन व्यवसाय सञ्चालन गर्दैआएका छन्। कतिपय शैलुन व्यवसायीले बाहिर ढोका धप्काएर भित्र ग्राहकको केस काट्ने गरेका छन्।

प्रकाशित: ११ आश्विन २०७७ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App