coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जुम्लामा आलु भण्डारण कक्ष

जुम्लाको तिला गाउँपालिका ९ मानेचौरमा सुविधा सम्पन्न आलु भण्डारण कक्ष निर्माण भएको छ। त्यो क्षेत्रमा आलु उत्पादन अवस्थालाई मध्येनजर गर्दै आलु भण्डारण कक्ष निर्माण गरिएको हो। पहिले गाउँमा आलु भण्डारण गर्न नसक्दा कुहिने डर हुन्थ्यो। तर अव भण्डारण कक्षमा आलु लामो समय सम्म राख्न सकिनेछ।  

आगामी बर्ष देखि आलु भण्डारण कक्षमा आलु राख्ने तयारी भइरहेको तिला ९ की गोरीकला बोहोरा बताउँछिन्। उनले भनिन्, ‘यहाँ आलु उत्पादन धेरै हुन्छ। तर लामो समय भण्डारण गर्न नसक्दा बर्षेनी कुहिएर खेर गइरहेको छ। अब बेमौसममा पनि आलु भण्डारण गरेर बजारमा लैजान सकिने अवस्था छ।’ आलु भण्डारण कक्ष निकै राम्रो भएको छ। अब यहाँको आलु कुहिनेछैन्। ’

उत्पादन पनि धेरै र मुल्या पनि धेरै पाउने किसानले आशा गरेका छन्। यो क्षेत्रमा आलु छुट्टै लगाउँछन्। त्यो बाहेक सिमी र मकै खेतीसंग समेत आलु लगाउने गर्छन्।यसले गर्दा आलुको उत्पादन निकै बढी हुने गरेको छ।  

आलु भण्डारण कक्षसंगै आलुका विभिन्न परिकार बनाउन सिकाउनु पर्ने उनी बताउँछिन्। आलुको परिकार बेच्ने राम्रो व्यवसायी बन्ने धोको रहेको तिला ९ कै दलबहादुर बोहोरा बताउँछन्।  उनका अनुुसार यहाँका किसानले एकै पटक आलु निकाल्छन्। भण्डारण कक्ष  नहुँदा थन्किन्छन्। बजार नजिक छैन्। बजारीकरण गर्न पनि समस्या छ। उनले भने, ‘अब गाउँमै स्टोर गरेर किसानले भनेको मुल्यमा बेच्न पाउने वातावरण बनेको छ। ’

घरमा राख्दा आलु कुहिन्छ। अब यस्तो अवस्थामा आलु भण्डारण गरेर दोब्बर मुल्यमा बेच्न सकिनेछ। पेस नेपालको क्याप्स कर्णाली परियोजनाको झण्डै ३३ लाख रुपैयामा भण्डारण कक्ष निर्माण भएको हो। भण्डारण कक्षमा १० मेट्रिकटन आलु अटाउनेछ।  

अहिले गाउँको आलु झण्डै तीन घण्टा बोकेर नजिकैको त्रिबेणी र सीतानगर बजारमा विक्रिका लागि ल्याउने गरिएको छ। अब भण्डार कक्षमै आलु बिक्रि गर्ने लक्ष स्थानीयको छ। विश्व खाद्य कार्यक्रमका कृष्णबहादुर शाही आलु भण्डारण कक्षले किसानलाई निकै राहत मिल्ने बताउँछन्। स्थानीय आवश्यकता र माग अनुसार भण्डारण कक्ष निर्माण भएकोले सदुपयोग हुने बताए। उनले भने,‘अब किसानले माटोको खाल्डोमा वा घरमा आलु भण्डारण गरेर कुहाउनु पर्दैन्। तर सही सदुपयोग गर्नु जरुरी छ। ’

पेस नेपालका सब इन्जीनियर हर्कबहादुर रावत आलु भण्डारण कक्षले स्थानीयमा उत्साह फैलिएको बताउँछन्। उनले भने,‘यहाँका किसानले उत्पादन गरेको सबै जसो आलु भण्डारण गर्न सक्ने भण्डारण कक्षको क्षमता छ। अब किसानले आलु कहाँ राख्ने भन्ने विषयमा चिन्ता लिनु पर्नेछैन्।’ आलु भण्डारण कक्षको तिला गाउँपालिकाले अनुगमन गरेको छ। अनुगमन समितिका संयोजक उपाध्यक्ष बिष्णु बुढा,पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपाने र विश्व खाद्य कार्यक्रमका कृष्णबहादुर शाही र सम्बन्धित वडाका अध्यक्ष शेरबहादुर बोहोराले अनुगमन गरेका हुन्।

दुर्गम क्षेत्रमा निकै राम्रो संरचना बनेको भन्दै अनुगमन समितिका संयोजक विष्णु बुढाले भवनको मर्म अनुसार प्रयोगमा ल्याउन आग्रह गरिन्। उनले भनिन्,‘किसानले धैर्य गरेर आलु भण्डारण गर्न सके ब्यापारी गाउँमै पुग्नेछन्। किसानले गाउँमै सोचेको मुल्य पाउनेछन्। आर्थिक समृद्धिको आधार नै आलु खेती हुनसक्छ। ’

प्रकाशित: १० आश्विन २०७७ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App