४ वैशाख २०८१ मंगलबार
अर्थ

सांग्रिलाका ऋणीलाई ब्याज रकममा छुट

 सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ऋणीका लागि बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको छ। बैंकका ऋणीले असोज मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम असोज मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याजमा १२ प्रतिशत सहुलियत स्वरूप छुट हुने जारी विज्ञप्तिमा उल्लेख छ। 

उक्त छुट सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागू नहुने बैंकले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७७ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App