coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हप्तामा दुईदिने बिदाको प्रस्ताव बन्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ।  मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन गर्न कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो।  

मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ, जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव बनाउने तयारी छ।

त्यस्तै, बैठकले पशुपति मन्दिर, लुम्बिनी, संग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सिसिएमसी) मा पेस गर्ने निर्णय गरेको छ। बैठकले, बंगलादेश, इन्डोनेसिया, रसिया, कोरिया फिनल्यान्डसँग भएको हवाई सम्झौताहरू असोजभित्र तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय समेत गरेको छ।  

त्यस्तै, पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभाकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेस गर्ने निर्णय गरेको छ।

प्रकाशित: ९ आश्विन २०७७ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App