coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किया सोनेटको मूल्य सार्वजनिक

नेपालका लागि कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी३०० को प्रतिस्पर्धी रहेको कम्पनीको भनाइ छ ।

सोनेटको बेस एचटिई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रूपैयाँ तोकिएको छ भने उपलब्ध सुविधाका आधारमा जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रूपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । सोनेट दुईवटा ट्रिम कन्सेप्ट– टेक लाइन ट्रिम र जिटी लाइनमा र सातवटासम्म कलर अप्सनमा उपलब्ध हुने कम्पनीको भनाइ छ, जसमा तीनवटा डुअल–टोन कलर थिममा छन् ।

टेक लाइन भेरियन्टमा एचटिई, एचटिके, एचटिकेप्लस, एचटिएक्स, एचटिएक्सप्लस छन् । एचटिई, एचटिके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा तथा एचटिकेप्लस र एचटिएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेस गोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध रहेको विज्ञप्तिमा छ । 

प्रकाशित: ७ आश्विन २०७७ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App