६ चैत्र २०८० मंगलबार
अर्थ

कृषि विभागको महानिर्देशकमा शर्मा

सरकारले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सह-सचिव डा.गोविन्दप्रसाद शर्मालाई कृषि विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। रिक्त रहेको महानिर्देशक पदमा शर्मालाई पठाएको हो। शर्माले मंगलबार महानिर्देशकको पदभार ग्रहण गरेका छन्।  

विगतदेखि कृषि मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा काम गरेका शर्मा यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५को सचिव थिए। शर्मा केही समयअघि मन्त्रालयमा सरुवा भएका थिए। शर्माले विभागीय जिम्मेवारी अनुसार कृषि क्षेत्रको विकासका लागि काम गर्ने बताए।

प्रकाशित: ६ आश्विन २०७७ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App