coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अन्नपूर्णले झरना र तातोपानी कुण्डको डिपिआर तयार गर्दैं

डिपिआर तयारका लागि प्राविधिकसहितको टोलीसँग गाउँपालिका अध्यक्ष पुन । तस्बिर सौजन्य : सुरेन गुरूङ

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाढीपहिरोले अस्तब्यस्त भएका सुन्दर झरना र तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रहेका झरना र तातोपानी कुण्डमा पर्याप्त पूर्वाधारको अभावमाले ओझलेमा परेपछि पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै काम सुरु गरेको हो। रुप्से झरना, नारच्याङ र महभीर झरनाका साथै कुण्डतर्फ भुरुङ तातोपानी, पाउद्धार, दोवाको सेकार कुण्ड र रातोपानी कुण्डको डिपिआरको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।  

‘मुख्य झरना र कुण्डमा पूर्वाधारको आवश्यकता छ,‘डिपिआर तयार भएपछि स्रोतको खोजीमा लाग्छौ’ अध्यक्ष पुनले भने। डिपिआर तयार गर्न लागिएका तीन झरना र तीन कुण्ड बेनी–जोमसोम सडकखण्ड आसपासमा पर्छन्। पर्यटकको चाप बढ्दै गइरहेको अवस्थामा आवश्यक पूर्वाधारको अभावमा नारच्याङ र महभिर झरना समेत ओझेलमा परेको थियो भने बाढीपहिरोले अस्तब्यस्त भएको रुप्से झरनाको करिब ९० प्रतिशत संरचनामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताए।  

उनका अनुसार विश्वकै उत्कृष्ट झरना र कुण्ड समेत बाढीपहिलो र नदीको कटानले छियाछिया भएको अवस्थामा पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थालाई समेत सहयोग गर्न तयार रहेको प्रमुख प्रशासकीय अधिकृत सुबेदीको भनाई छ। गाउँपालिकाले पाउद्धारको कुण्डमा २० लाख, रातोपानी कुण्डको संरक्षणमा यस अगाडी नै २५ लाख रुपैयाँ विनियोजन भइसकेको छ भने नारच्याङ झरनाको प्रस्ताव पर्यटन मन्त्रालयमा पेश गरिएको छ।  

म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटक सबैभन्दा धेरै पुग्ने अन्नपूर्ण गाउँपालिका भित्रकै पर्यटकीय क्षेत्रहरू हुन्। पुरानो स्वरुपलाई यथावत राखेर रुप्से र नारच्याङ झरनाका साथै कालिगण्डकीको कटानबाट तातोपानी र रातोपानीलाई जोगाउन सकेमा मुस्ताङ जाने पर्यटकलाई रोक्न सकिने पर्यटन ब्यवसायीको भनाई छ। यसैबीच गाउँपालिकाले नदीजन्य बस्तुको उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनको तयारीमा रहेको छ। डिपिआर र ईआइएमा १० लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित: ६ आश्विन २०७७ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App