८ वैशाख २०८१ शनिबार
भिडियो

यसरी सुरु भयो ६ महिनापछि आन्तरिक उडान

कोरोना महामारीका कारण ६ महिनादेखि बन्द आन्तरिक हवाई उडान सोमबारदेखि खुलेको छ। कोरोना संक्रमणको नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ देखि लकडाउन लागू गरेसँगै आन्तरिक उडान बन्द थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सोमबारदेखि उडान गर्न वायु सेवा सञ्चालकहरूलाई अनुमति दिएको हो। उडानका क्रममा यात्रुलाई मास्क र भाइजर अनिवार्य गरिएको छ। भाइजर भने एयरलाइन्स आफैंले व्यवस्था गरेका छन्। 

आन्तरिक उडान खुलेसँगै जहाज चढेर काठमाडौं आउने तथा यहाँबाट घर फर्किने यात्रु उल्लेख्य देखिए।त्रिभुवन \अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था पनि मिलाइएको छ।

प्रकाशित: ५ आश्विन २०७७ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App