८ वैशाख २०८१ शनिबार
अर्थ

कोरियन एयरको एकाधिकार तोड्दै आसियानाले शुरू गर्‍यो ईन्चोन-काठमाडौं उडान

दक्षिण कोरियाबाट आसियाना एयरले पहिलो पटक नेपालको लागि व्यवसायिक उडान भरेको छ। दक्षिण कोरियाको स्थानीय समय अनुसार आज दिउँसो २ बजेर ४० मिनेटमा इन्चोन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको आसियाना एयरलाईन्सको OZ ७६५३ बिमानले ९३ जना नेपाली यात्रू लिएर नेपाली समय अनुसार ५ बजेर ४२ मिनेटमा काठमाण्डौको त्रिभुवन अन्त्रराष्ट्रिय बिमान स्थलमा अवतरण गरेको हो।  

कोरियाको लागि नेपाली पर्यटन दूत केपी सिटौलाकाले कोरियन एयरलाईन्सले काठमाडौंका लागि सिधा उडान भरेको १४ बर्षपछि एसियाना एयरलाईन्सले उडान सुरु गर्दा एउटा मात्र एयरलाईन्सको एकाधिकार तोडिएको बताए। सन् २००६ को नोभेम्बर ११ तारिखमा कोरियन एयरलाईन्सले काठमाडौंको लागि पहिलो सिधा उडान भरेको थियो। एनआरएनए कोरियाका संस्थापक अध्यक्ष तथा पुराना ट्राभल व्यवसायी सिटौलाका अनुसार वार्षिक ४० हजारको हाराहारीमा नेपाल जाने कोरियाली पर्यटक र कोरियामा कार्यरत ४५ हजार भन्दा बढि नेपालीले सहुलियत दरमा नेपाल जान पाउने दाबी गरे। नेपाल टुरका सन्चालक उनले एसियाना एयरलाईन्सले बुद्दको जन्म स्थान लुम्बिनीमा बन्न लागेको अन्तराष्ट्रिय गौतम बुद्द विमान स्थलमा सिधै उडान भर्ने महत्वकांक्षी योजना राखेको समेत सुनाए। एसियाना एयरलाईन्सले ईन्छन- काठमाडौं सिधा उडानका लागि पहल गरेका लिंक एसिया टुरका सन्चालक आरपी देबकोटाले लामो समयको पहल पछि एसियाना एयरलाईन्सले नेपालको लागी चार्टड उडान भरेको भन्दै आगामी दिनमा नियमित उडानको लागी पनि पहल गर्ने बताए। पछिल्लो समय नेपाल सरकारले नियमित उडानको लागि आग्रह गरेपनि एयरलाईन्सहरूले नियमित उडान नगर्दा यात्रुहरू धेरै महंगो भाडामा यात्रा गर्न बाध्य छन्। कोरियन एयरलाईन्सको भन्दा केहि सस्तो दरमा एसियाना एयरलाईन्सले उडान भरेको भएपनि नियमित उडान भन्दा भने धेरै महंगो रहेको यात्रुहरूले गुनासो गरेका छन्। यहाँ रहेका नेपालीहरूले नियमित उडानको लागी पहल नगरेको भन्दै नेपाली दूतावास प्रति आक्रोश व्यक्त गरेका छन्।

 

प्रकाशित: ५ आश्विन २०७७ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App