८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल विज्ञापन संघद्वारा ध्यानाकर्षण

केही समयदेखि विभिन्न सञ्चार माध्यममा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारप्रति नेपाल विज्ञापन संघले ध्यानाकर्षण गराएको छ।नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्र खण्ड ६९ अतिरिक्तांक १५ मिति २०७६ कात्तिक ८ गते प्रकाशित भई कानुनी रूपमा अगाडि बढी सकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्ट रूपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषयभन्दा फरक खालका धारणा सार्वजनिक हुनुु आफैंमा विरोधाभाष भएको संघले जनाएको छ।  

यस्ता विषयमा आमसञ्चार माध्यममा आएका समाचार तथा टिप्पणीहरू बदनियतपूर्ण छन् भन्ने संघको ठहर रहेको जारी विज्ञप्तिममा उल्लेख छ। उक्त समाचार एवं टिप्पणीलाई आधार बनाई क्लिन फिडका विषय सरोकार राख्नुु हुने विभिन्न व्यक्ति, संघ–संस्था तथा सञ्चारगृहहरूलाई भ्रममा नपर्न समेत संघले अनुरोध गरेको छ।

प्रकाशित: ५ आश्विन २०७७ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App