१५ चैत्र २०८० बिहीबार
अर्थ

सरकारी कार्यालय आलोपालो प्रणाली खारेज

कोरोना महामारी बढ्न सुरु गरेपछि सरकारी कार्यालयमा लागुु गरिएको आलोपालो प्रणाली आइतबारदेखि नहुने भएको छ। कोरनाको जोखिम नघटे पनि आलोपालो प्रणाली खारेज गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो। मन्त्रालयले आलोपालो प्रणाली खारेज भएको जनाउँदै अनिवार्य रूपमा कार्यालयमा उपस्थिति हुन सबै कर्मचारीलाई परिपत्र गरेको छ। संघीय मन्त्रालयले पठाएको परिपत्रमा सरकारी कार्यालयहरूले प्रदान गर्दै आएका सेवा सुचारु गर्न निर्देशन गरिएको छ।

‘आइतबारदेखि आलोपालो प्रणाली पूर्ण रूपमा खारेज भएको छ,’ संघीय मन्त्रालयका प्रवक्ता वसन्त अधिकरीले भने, ‘अब कुनै बाहनामा सरकारी कर्मचारी घरमा बस्न पाइँदैन।’ मन्त्रालयले आइतबारदेखि नै दुई सिफ्ट प्रणाली पनि खारेज गरेको छ। यसअघि कोरना संक्रमणको जोखिम बढ्न थाले पछि सरकारी कार्यालयहरूमा भिडभाड कम गर्न आलोपालो प्रणाली तथा दुई सिफ्ट प्रणाली लागु गरिएको थियो। संक्रमणको जोखिम फेरि बढ्न थालेपछि आलोपालो प्रणाली लागु गर्न सकिने प्रवक्ता अधिकारीले जनाए।

प्रकाशित: ५ आश्विन २०७७ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App