१५ चैत्र २०८० बिहीबार
अर्थ

देवल बिमानस्थल निर्माण अन्तिम चरणमा

एक दशकदेखि बन्द अवस्थामा  रहेको बझाङको देवल बिमानस्थलको  निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बिमानस्थलको कालोपत्रेसहित वरिपरि  घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको हो।  

टर्मिनल भवन बाहेकका अन्य भौतिक संरचनाको काम सम्पन्न भएसँगै बिमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। बिमानस्थल सुचारु गर्न पटक–पटक दबाब दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा बिमानस्थल कालोपत्रेका लागि टेन्डर आह्वान गरेको थियो।  

करिब ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्सनले बिमानस्थललाई स्तरोन्नति गर्ने जिम्मा पाएको थियो। ०७७ वैशाख महिनामै सम्पन्न गर्ने लक्ष्य भएको भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण बिमानस्थल निर्माण कार्य प्रभावित भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदिप डंगोलले बताए।  

‘करिब ६ सय ५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालीको काम सकिएको छ,’ उनले भने, ‘अब बिमानस्थलको साइड फिलिङको काम मात्र बाँकी छ।’ यो काम पनि असोज दोस्रो साताभित्रै सकिने र दोस्रो साताभित्रै परीक्षण उडानको तयारीसमेत भरहेको उनको भनाइ छ। लकडाउन कारण परीक्षण उडान हुन नसकेको उनले बताए। उड्डयन मन्त्रालयले उडान अनुमति दिए बिमान अवतरण गर्न सकिने तथा एयरपोर्ट सुचारु हुन सक्ने छ।  

बन्द बिमानस्थल सुचारु हुने भएपछि स्थानीय खुसी भएका छन्। यससँगै लामो समयपछि बिमान चढ्ने बझाङवासीको सपना पूरा हुने भएको छ। समयमै काम सम्पन्न भई बिमानस्थल सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिले ज्यान गुमाउन नपर्ने स्थानीय प्रविन्द्र धामीले बताए।  

बिमानस्थलको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको भए पनि अव सरोकारवालाले नियमित जहाज उडानका लागि पहल गर्नुपर्ने स्थानीयको भनाइ छ। २०३५ मा निर्माण भएको देवल बिमानस्थलको स्तरोन्नति हुन नसक्दा जहाजले उडन भर्न सकेका थिएनन्। केही समय निगम बाहेकका निजी बिमान कम्पनीले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए।

प्रकाशित: ४ आश्विन २०७७ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App