४ वैशाख २०८१ मंगलबार
अर्थ

शाओमीका दुई उत्पादन सार्वजनिक

शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दुईवटा नयाँ उत्पादन— मी टिभी ४एक्स (५५ इन्च) र मी एलइडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ। योसँगै शाओमी पहिलोपटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ।

मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठूलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको कम्पनीले जनाएको छ। यसमा ४के १०—बिट एचडिआर डिस्प्ले सुविधा छ र जसले वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २० वाट स्पिकर डल्वी अडियो र डिटिएस एचडीको लागि प्रमाणित गर्ने कम्पनीको दाबी छ। मी टिभी ४एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँछ।

मी एलइडी टिभी ४ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउने र यसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउनले कम्पनीले उल्लेख गरेको छ। यसमा उत्कृष्ट सञ्चालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाटको स्टेरियो सेटअप छ जसले डिटिएस—एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठूलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ। मी टिभी ४एक्स (५५) २०२० संस्करण ६४ हजार नौ सय ९९ मा र मी एलइडी टिभी ४ए प्रो (४३) ३९ हजार नौ सय ९९ रूपैयाँमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: ४ आश्विन २०७७ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App