७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनआइसी एसियाका ऋणीलाई अफर

एनआइसी एसिया बैंकले गत साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाको असोज मसान्तसम्मको साँवाब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साबिकको ब्याजदर घटाई कात्तिकदेखि ८.९९ प्रतिशत कायम गर्ने भएको छ। उक्त बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जा, चालुपुँजी कर्जा, अन्य रिभल्विङ प्रकृतिका कर्जा लगायत सबै कर्जा उपभोग गरेका ग्राहक यस योजनामा सहभागी हुन पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ।  

बैंकले यसअघि पनि ब्याज सहुलियतका विभिन्न योजना ल्याएको थियो। एनआइसी एसियाले कर्जाको ब्याजमा नेपाल राष्ट्र बैंकले तोकेभन्दा पनि बढी सहुलियत दिएको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २ आश्विन २०७७ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App