coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पेट्रोलमा मिसावट गर्ने दुई ट्यांकर चालक पक्राउ

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी डिपोबाट पेट्रोल ढुवानी गर्दा मट्टितेल सहित अन्य केमिकल मिसावट गर्ने दुई ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना ७ ख ४०९३ नम्बरको ट्यांकरका चालक सन्तोष खड्का र ना ७ ख ३९२३ नम्बर ट्यांकरका चालक राजेश वि.क.लाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो।

आइओसीबाट पेट्रोल लिएर नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा आएका तीन वटा ट्यांकरमा मिसावट गरेको पाइएपछि नेपाल आयल निगम प्रदेश नं २ प्रादेशिक कार्यालय बारा अमलेखगन्जले पक्राउ गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई पत्राचार गरेको थियो।

निगमले मिसावट गर्ने ट्यांकर चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न पत्राचार गरेपछि कारबाही प्रक्रिया अघि बढाएको हो।  

आइओसीबाट पेट्रोल लिएर आएको एक ट्यांकरमा मट्टितेल र दुई वटा ट्यांकरमा अन्य केमिकल मिसावट गरेको भेटिएको नेपाल आयल निगम प्रदेश नं २ प्रादेशिक कार्यालय बाराका प्रमुख भरत रेग्मीले बताए। ‘ट्यांकरको छड्के परीक्षण गर्दा तीन वटा ट्यांकरमा मिसावट गरेको पाईयो,’ प्रमुख रेगमीले भने, ‘कारबाही गर्न प्रशासनलाई आग्रह गरेपछि प्रहरीले पक्राउ गरेको छ।’ आइओसीबाट लकिङ गरेर आएका ट्यांकरमा कसरी मिसावट गरे भन्ने विषयमा पनि अनुसन्धान भैरहेको निगमले जनाएको छ।

निगमकाअनुसार ना ७ ख ४०९३ नम्बरको ट्यांकरको एउटा चेम्बरमा मट्टितेल मिसावट गरेको पाइएको छ। एक चेम्बरमा चार हजार लिटर हुन्छ। त्यसैगरी,ना ७ ख ३९२३ र ना ७ ख १७५७नम्बरको ट्यांकरका तीन–तीन वटा च्याम्बरमा अन्य केमिकल मिसावट गरेको पाइएको छ।

दुईजना चालकलाई नियन्त्रणमा लिएको र ना ७ ख १७५७ ट्यांकरका चाकल सन्जिबकुमार लामाको  खोजि भइरहेको प्रहरीले जनाएको छ। एक ट्यांकरको पेट्रोलमा मट्टितेल मिसावट गरेको भएपनि अन्य दुई ट्यांकरमा कुन केमिकल मिसावट गरेको हो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रमुख रेग्मीले बताए। उनका अनुसार सात वटा चेम्बरको २८ हजार लिटरमा मिसावट गरेको पाइएको छ।

ना ७ ख ४०९३ नम्बरको ट्यांकर धनी बैकुण्ठ बलामी, ना ७ ख ३९२३ नम्बरका ट्यांकरका रामचन्द्र मिश्र र ना ७ ख १७५७का ट्यांकर धनी सुरेन्द्र कुमार श्रीवास्तव हुन्। निगमको नियमावली अनुसार ट्यांकरका सञ्चाकललाई पनि कारबाही गर्ने निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय, बाराले ट्यांकर चाकललाई मिसावट तथा कालोबजारी ऐन अन्तर्गत मुद्दा दायर गर्ने तयारी गरिरहेको छ।

प्रकाशित: ३१ भाद्र २०७७ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App