७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘२५ वर्षको प्रगति २५ सातामा तहसनहस’

विश्वले स्वास्थ तथा  क्षेत्रमा विगत २५ वर्षमा हासिल गरेको प्रगतिलाई कोरोना भाइरस संक्रमणले २५ सातामै तहसनहस पारेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले सन् २०२० को ‘गोलकिपर्स रिपोर्ट’ सार्वजनिक गर्दै कोरोना महामारीका कारण विश्वमा गरिबी बढेको र यसले महिला तथा बालबालिकालाई झन् कठिन परिस्थितिमा धकेलेको औंल्याएको छ।

‘हामी मात्र २५ सातामा २५ वर्षअघिको अवस्थामा पुगेका छौं,’ प्रतिवेदनमा छ, ‘अबका महिनामा विश्वले के गर्छ भन्ने विषय झन् महत्वपूर्ण बनेको छ।’ महामारीका कारण प्रसूतिजन्य सेवामा भएको अवरोधका कारण पुरुषभन्दा महिला बढी प्रभावित भएको र नवजात शिशु पनि जोखिममा रहेको प्रतिवेदनमा छ।

कोरोना महामारीका कारण विश्वमा खोपको अवस्था सन् १९९० ताकाको स्थितिमा पुगेको प्रतिवेदन उद्धृत गर्दै अमेरिकी समाचार कम्पनी पोलिटिकोले जनाएकोेछ। खोप अभावमा बालबालिकामा डिप्थेरिया, धनुष्टंकार, लहरेखोकी आदिको सम्भावना बढेको प्रतिवेदनमा छ। कोरोनाले बालबालिकाको स्वास्थ मात्र नभई शिक्षामा पनि नकारात्मक प्रभाव पारेको प्रतिवेदनले औंल्याएको छ। पोलिटिकोका अनुसार सन् २०१७ देखि फाउन्डेसनले विश्वमा गरिबी र रोगको अवस्थाबारे वार्षिक प्रतिवेदन प्रकाशित गर्दै आएको छ।

प्रकाशित: ३१ भाद्र २०७७ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App