७ वैशाख २०८१ शुक्रबार
अर्थ

स्कुललाई एनआइसी एसियाको सहयोग

एनआइसी एसिया बैंकले प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दिकोट गाउँपालिकाका १–१ गरी १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ब्राइट स्कुल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको छ । सामुदायिक विद्यालयको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउन उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

उक्त सफ्टवेयरमा विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक बिदा, गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचना लगायत सुविधा रहेको बैंकले जनाएको छ ।

प्रकाशित: १९ भाद्र २०७७ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App