coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तमोर–कोशी कोरीडर पछि धकेलियो

कोशी-तमोर कोरीडर अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालीकामा पर्ने सडक खण्ड । तस्बिर: गिरिराज/नागरिक

पाँचथर–पूर्वी पहाडलाई तराई, प्रदेश तथा संघिय राजधानी पुग्नकालागि छोटो सडकको रुपमा लिइएको कोशी÷तमोर कोरीडरको काम पछि धकेलिने भएको छ । कोरोना भाईरस (कोभिड–१९)को असरले काम सक्न निर्धारित समयमा काम नसकिने देखिएको हो ।

चैतदेखि काम सुस्ताएका कारण ग्राबेल स्तरको सडक सम्पन्न गर्ने काममा ढिलाई हुने भएको हो । पाँचथरको गणेश चोकदेखि सुनसरीको बराह क्षेत्र (चतरा) नजिक जोड्ने सडकको काम सम्पन्न हुने समय पछि सरेको हो । सात प्याकेजमा ठेक्का लगाइएको मध्ये पाँच प्याकेजको ठेकेदार कम्पनीको म्याद भदौँ महिना भित्र सकिदै छ भने बाँकी दुईवटा प्याकेजको कामको म्याद कार्तिकसम्म रहेको छ । निर्धारित सयममा काम नसकिने भएपछि निर्माण कम्पनीको म्याद थप्नकालागि प्रक्रिया अघि बढाइएको छ ।

‘असोजसम्ममा यो सडकमा गाडी कुदाउने योजना थियो । कामपनि सोहि अनुसार भएको थियो । कोरोना भाईसरका कारण चैतदेखि कामलाई तिव्र गतिमा अगाडी बढाउन सकिएन । हालसम्म ८५ प्रतिशत काम सकिएको छ’ आयोजना प्रमुख शुरेश न्यौपानेले भने ‘सरकारको निर्णय अनुसार ६ महिना म्याद थप्नका लागि प्रक्रिया अगाडी बढाइएको छ । कोरोनाको असर नपरेको भए यतिबेला काम अन्तिम चरणमा पुग्ने थियो ।’

दश मिटर चौडा भएको सडकको काम अघि बढाइएको थियो ।  निर्माण सामग्री, मजदुर व्यवस्थापन लगायतमा कोरोना भाईसरको प्रकोपको असर परेको जानकारी दिइएको छ । करिव ६ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी रहेको छ । बनका कारण ३ दशमलव ५ किलोमिटर र लोकेशन परिवर्तन भएर २ दशमलव ५ किलोमिटर  सडकको ट्याक खोल्न बाँकी रहेको जानकारी दिइएको छ । वातावरण प्रभाव मूल्याङ्कन भईसकेको तथा भेरिएस गरिएकाले अब ट्रयाक पनि चाडै खुल्ने जानकारी दिइएको छ ।  

कोरोना भाईसले पारेको असर सहज भए  थप्न लागिएको म्याद भरीमा काम सकिने न्यौपानेले जानकारी दिए । बनमा देखिएको समस्या समाधानको चरणमा पुगेको तथा निर्माण कम्पनीले पनि कामलाई प्राथमिकता दिएकोले चाडै काम सकिने अपेक्षा रहेको उनले जानकारी दिए ।  

६ अर्ब १५ करोड १४ लाख रुपैँयामा १ सय ४५ किलोमीटर सडक बनाउन ठेक्का लागेको थियो । तमोर जलाशय युक्त आयोजना निर्माण भयो भने डुब्न सक्ने ठाँउमा लोकेशन परिवर्तन गर्दा लम्बाई र लागत केहि बढ्ने इजिन्जनियर प्रमोद खतिवडाले जानकारी दिए ।  

लकडाउनको सुरुमा काम रोकिएको थियो । निर्माणका काम सहज भएपछि काम सुरु भएपनि तिव्रतर गतिमा काम गर्ने अवस्था छैन् । यो सडक सम्पन्न भएपछि ताप्लेजुङ, पाँचथर, तेह्थुम र धनकुटाका बासिन्दालाई तराई तथा सुविधायुक्त सहर पुग्नलाई सजिलो हुने भएकाले यो क्षेत्रको निक्कै महत्पूर्ण योजनाको रुपमा लिइएको छ ।  प्रदेशको राजधानी विराटनगर लगायतका सहर पुग्न, ठुला अस्पताल तथा अन्य व्यापारीक केन्द्रसँग जोड्न यो सडकले महत्व राख्ने बताईन्छ।  

गणेशचोकबाट सुभाङखोला, माझिटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवा हुदै धनकुटा जोडिन्छ । धनकुटाको चौविसे, साधुरे, मुलघाट, त्रिवेणी बराह क्षेत्र हुदै चतरा  पुग्छ। 

प्रकाशित: १० भाद्र २०७७ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App