८ वैशाख २०८१ शनिबार
अर्थ

रेडरड रोगले सुक्दै उखुको बोट

रेडरड रोग लागेपछि सुक्दै गएको उखुको बोट ।

किसानहरुले खेतमा लगाएको उखु बालीमा रेडरड रोग लागेपछि उखुको बोटहरु  सुक्दै गएको देखिएको छ।

साउन अन्तिम हप्तादेखि उखुबालीमा देखिएको रेडरड रोगले धेरै उखुको बोटहरु सुक्दै गएपछि किसानहरु चिन्तित बनेका छन्।

एक बोटमा लगेको रोग सरेर अर्को बोटलाई समेत सुकाउँदै गएपछि त्यसबाट उखु बालीलाई जोगाई राख्न समस्य भएको बन्जरियाका उखु किसान बिक्रम पालले बताएका छन्।

२० कट्ठा क्षेत्रफलमा लगाइएको उखु बालीमा १५ दिन अगाडी गएर हेर्दा एक दुई वटा उखुको बोटहरु सुकेको देखेपछि पानीले सुकेको होला भनी बेवास्ता गरिएको पालले बताए।

त्यसको ३/४ दिनपछि हेर्दा त्यो रोग सरेर अन्य बोटहरु पनि सुकेको देखेपछि रिलायन्स चिनी मिललाई जानकारी गराएको उनले बताए।

मिलबाट आएको कृषि प्राबिधिकको टोलीले खेतमा गएर हेर्दा उखु बालीमा रेडरड रोग लागेको भन्दै त्यसलाई रोक्न नाम नै लेखेर किट नाषक औषधि हाल्न सल्लाह दिएको उनले बताए।  

टोलीले दिएको नाम अनुसार रिलायन्स बायो जिंकको टाइको ट्रामा नाम गरेको किटनाषक औषधि उखु बालीमा एक हप्ता पहिला दिँदा समेत उखु सुक्ने क्रम नरोकिएको पालले बताए।

उखु सुक्ने क्रम नरोकिएपछि उखुबालीको लगानी नै डुब्ने अवस्था आएको उनले बताए।

२० कट्ठा क्षेत्रफलमा लगाइएको उखु बालीमा बिउँ, मल, जोताई गरेर करीब ६० हजार लगानी गरिएको पालले बताए।

उखुको बोटलाई सुकाउने रेडरड रोक बन्जरिया, जबका, दक्षिण झिटकैया, दोहोरी लगाएतका गाउँका किसानहरुले लगाएको उखुबालीमा यो रोग देखा परेको कलैया उपमहानगरपालिका २४ मा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालीले जनाएको छ।

रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीका उखु महाशाखा ईन्चार्ज नन्दलाल कुसवाहाले उखु बालीमा रेडरड लागेको किसानहरुबाट जानकारी आएपछि रोग लागेको खेतहरुमा पुगेर अनुगमन गर्ने कार्य गरिएको बताएका छन्।

रेडरड रोग लागेको बोटलाई सुक्नबाट रोक्न कुनै औषधि नभए पनि रोगलाई थप अन्य बोटहरुमा सर्नबाट रोक्न रिलायन्स बायो जिंकको टाइको ट्रामा निकै प्रभावकारी रहेकोले त्यसलाई नै प्रयोग गर्न लगाइएको कुसवाहाले बताए।

यस वर्ष औसत भन्दा बढी वर्षा भएकोले गर्दा उखुबालीमा रेडरड रोग देखा परेको कुसवाहाले बताए।

बारा र पर्सामा किसानहरुले ६ हजार पाँच सय विघामा उखु बाली लगाएको रिलायन्स चिनी मिलले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७७ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App