८ वैशाख २०८१ शनिबार
अर्थ

बार अध्यक्षद्धारा सम्पत्ति विवरण सार्वजनिक

न्यायिक विकृति विरुद्धको अभियान चलिरहेकै बेला नेपाल बार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नागरिक दैनिकलाई उपलब्ध गराएको अध्यक्ष श्रेष्ठको सम्पत्ति विवरणमा डेढ बर्षअघि नेपाल बारको नेतृत्वको चुनाव लड्दै गर्दाभन्दा केहि सम्पत्ति बढेको पाइएको छ।

‘चुनावमा सम्पत्ति विवरण पेश गरेको थिएँ ,त्यसैलाई तुलना गरेर हेर्दा पनि मैले धेरै सम्पत्ति कमाउन नसकेको स्पष्टै हुन्छ’ उनले भने।  नेपाल बारले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष बुझाएको सत्र बुुदे ध्यानाकर्षणको बुुदा नंं. १४ मा न्यायाधीश र नेपालबार एशोसिएशनका पदाधिकारीको सम्पत्ति विवरण पारदर्शी गरी छानविन गर्न समेत मागगरिएको थियो।

‘सुधारको सुरुवात हामीबाटै होस् भन्ने चाहेर सार्वजनिक गरेको हुु,’ श्रेष्ठले नागरिकसंग भने। श्रेष्ठले आफ्नो सम्पत्ति विवरण भाद्र ३ गते नेपाल बार एशोसिएशन कार्यसमितिलाई सम्बोधन गरी पेश गरेका छन्। बारको चुनाव लड्दा उनले आफ्नो प्रारम्भिक सम्पत्ति विवरण २०७५ साल चैत १२ मा बारमा पेश गरी सार्वजनिक समेत गरेका थिए।

नविकृत विवरणमा आफ्नो नाममा बैंकमा मुद्दति खातामा चारलाख, श्रीमति शान्तिलक्ष्मी श्रेष्ठको नाममा मुद्दति खातामा बाउन्न लाख सन्ताउन्न हजार, अर्काे मौज्दात ४ लाख ३ हजार ४ सय ३९  र सृजना ल फर्ममा शेयर लगानी १२ लाख रुपैयां रहेको जनाइएको छ।

चुनावताका पेश गरेको सम्पत्रि विवरणमा एभरेष्ट बैंक खातामा  एक लाख ८१  हजार ८ सय ९० रुपैया ३ पैसा , एभरेष्ट बैंक खातामा ७७ हजार एक सय ९३  रुपैया ३३ पैसा र लालीगुराँस सहकारीमा एकलाख ३३ हजार ९ सय ४४ रुपैया ४४ पैसा र श्रीमतिको नाममा लालीगुराुस सहकारीमा ६१ लाख ३६ हजार ८ सय ८० रुपैयाको विवरण उल्लेख थियो।

उनले कर्जा नगद पांचलाख साविकको विवरणमा देखाएका थिए हाल क्रण रेहको विवरणमा उल्लेख छैन भने सत्रतोला सुनका गहना र १ सय २५ तोला चाँदीका गहना समेत घटबढ नभएको विवरणबाट देखिन्छ।

श्रीमती र आफ्नो नाममा पांचआना घरजग्गा संयुक्त नाममा ललितपुरको चापागाउँमा रहेको, आफ्नो नाममा गोदावरी न.पा. (चापागाऊ)मा १७५ नं. कित्ताको ०–२–० आना जग्गा, कि.नं. २७८ मा ०–३–२ जग्गा र ऐ झरुवारासीमा कि.नं. ९८१ के क्षेक्रफल  १–२–२ र श्रीमतिको नाममा गोदावरी न.पा. वडा नं. ३ कि नं. २४५ मा ०–४–० जग्गा रहेको विवरण  पेश छ। अचल सम्पत्ति नबढेको सम्पत्ति विवरणबाट देखिन्छ।

प्रकाशित: ७ भाद्र २०७७ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App