८ वैशाख २०८१ शनिबार
अर्थ

किराना पसललाई मिनिमार्टमा दर्ता गर्न निर्देशन

भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार नगरको गपलीमा गरेको बजार अनुगनमनको क्रममा किराना पसलमा दर्ता गरी मिनिमार्ट सञ्चालन गरेका पसलेहरूलाई मिनिमार्टमा दर्ता गर्न निर्देशन दिएको छ । समितिका संयोजक एवं भक्तपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको पसल अनुगमन क्रममा ती पसलहरूलाई यस्तो निर्देशन दिएको हो ।  

नगरपालिकाकाले कोभिड १९ को महामारीको समयमा कालाबजारी, मुल्यबृद्धिलाई मध्यनजर गरी खाद्य पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र विना प्याकेजिंग सामानमा लेबल राख्ने कुनै कुनै पसलमा लेबल विना बिक्रीवितरण गरेकोले त्यस्तो सामानमा विक्रीवितरण गर्न नपाउने वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा साख मल्टी स्टोर्स किराना पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटकपटक अनुगमनमा निर्देशन दिंदासमेत मिनिमार्टमा दर्ता नगरेको, प्याकेजिग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दियो । त्यस्तै एस.आर.स्टोर खाद्य पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटकपटक अनुगमनमा निर्देशन दिंदासमेत अटेर भएकोले तुरुन्तै मिनिमार्टमा दर्ता गर्न, प्याकेजिंग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दियो । 

त्यस्तै सबिना मिनिमार्केटमा म्याद नाघेको समान भए नभएको समयसमयमा चेक गर्न, गेडागुडीलगायतका प्याकेजिंग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न, तयारी मःमः प्याकेजिंगमा लेबल नभएको पाइएकोले लेबल राख्न र दर्ता नविकरण नभएकोले तीन दिनभित्र दर्ता नविकरण गर्न निर्देशन दियो ।

प्रकाशित: ३० श्रावण २०७७ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App