coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र कसरी माथि उठ्ला ? यसो भन्छन् पर्यटन बोर्डका पूर्वसिइओ जोशी

नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीले बताएका छन्।  

कोभिड १९ को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द छ। त्यसैले लकडाउन पछि पर्यटन क्षेत्रलाई खोलिएको अवस्थामा नेपाल घुम्न सुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पुर्यातउनुपर्ने जोशीले बताए। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै  बोर्डका पूर्व कार्यकारी अधिकृत (सिइओ) जोशीले नेपाल भित्रका पर्यटन क्षेत्र घुम्न सुरक्षित छन् भन्ने सन्देश सरकार, निजी क्षेत्र र सरोकारवाला सबैले दिनुपर्ने बताए। त्यस्तै कोभिडको असरपछि पनि नेपालको पर्यटन महंगो छैन भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा जोशीले जोड दिए। उनले भने, ‘कोरोनाको महामारीपछि आफु जाने गन्तव्य कति सुरक्षित छ भनेर पनि हेर्नुपर्छ। त्यसका लागि हाम्रो एयरपोर्टदेखि, गाडिदेखि, होटलदेखि, रेस्टुरेन्टदेखि घुम्ने साइटहरुमा आधारभुत कुराहरु धेरै हाइफाइपनि खोजेको छैन पर्यटकहरुले। त्यहाँचाहिं एउटा सुरक्षा चाहिं छ भन्ने खालको कुरा उसले खोज्छ। दोस्रो के छ भने विभिन्न खालका झण्झटहरु थपिएका छन अहिले विभिन्न मापदण्डले गर्दा म जाने गन्तव्य महँगो भएको छ की भन्ने सोचाई हुन्छ। त्यो महँगो छैन है भन्ने हिसाबले हामीले एउटा बुझाउनु गर्नुपर्छ।’  

आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सके पर्यटन क्षेत्र चलायमान हुने र यसले नेपाल खुल्ला छ भन्ने सन्देश बाह्य बजारमा पुर्यायउने उनले बताए।  

नेपालमा अहिले पनि विदेशबाट आउने मान्छे कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने नीति रहेको छ। तर यस्तो प्रावधानले पर्यटकहरु आउन नचाहने भएकाले पर्यटनको विकल्पको रुपमा क्वारेन्टाइनलाई नभइए पीसीआरलाई बताउनुपर्ने जोशीले बताए।  

बाह्य पर्यटन प्रवद्र्धनका लागि भिसा निःशुल्क बनाउनुपर्नेमा उनले जोड दिए। भिसा शुल्क नलिने र पीसीआर परीक्षणलाई अनिवार्य बनाउने हो भने पर्यटनको वातावरण बन्ने जोशीले बताए।  

विश्वमा गरिएका धेरैजसो सर्भेले लकडाउन खुल्ने वित्तीकै ३२ प्रतिशत मान्छेहरु घुम्न निस्किन्छन भन्ने डाटाहरु देखिएकाले नेपालले सोही संख्यालाई लाक्षित गरी तयारी सुरु गर्नुपर्ने उनले बताए।  

 

प्रकाशित: ३० श्रावण २०७७ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App