७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ (ई–बुक संस्करण) मा सार्वजनिक भएको छ। बुढाथोकीको यो तेस्रो पुस्तक हो। यसअघि उनको आर्थिक उदारीकरणको २० वर्ष र समकालीन नेपाली अर्थतन्त्र विषयक दुई पुस्तक सार्वजनिक भइसकेका छन्। सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली प्रयोग गरेर नेपालको अर्थ–सामाजिक क्षेत्रमा कोरोना महामारीले पारेको प्रभावबारे अध्ययन सहायक सामग्रीका रूपमा यो पुस्तक तयार पारिएको बुढाथोकीले जनाएका छन्।  

विगत २५ वर्षदेखि आर्थिक पत्रकारितामा संलग्न बुढाथोकी हाल न्युज कारोबार डट कम (डिजिटल मिडिया)का प्रधानसम्पादक रहेका छन्।

गत २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा देखापरेको नयाँ कोरोना भाइरस (कोभिड–१९ ले विश्वव्यापी अर्थतन्त्रमा निकै गहिरो प्रभाव पारेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, ओइसिडी, सिपीआर लगायत विश्व आर्थिक संस्थाहरूले यसले पार्ने असरका विषयमा आफ्ना प्रक्षेपण वा अनुमानमा समेत समयसमयमा परिवर्तन गर्दै लगेका छन्। नेपाली अर्थतन्त्रमा कस्तो र कति गहिरो प्रभाव पर्छ भन्ने विषयमा अहिले नै यसै भन्न सकिने अवस्था छैन। फरकफरक आर्थिक संस्थाहरूले नेपालको अर्थतन्त्रमा पर्ने प्रभावबारे केही स्थितिपत्र, द्रूत अध्ययन मूल्यांकन र सर्वेहरू गरेका छन्। प्रायः ती अध्ययनहरू अंग्रेजी भाषामा तयार पारिएका र एकीकृत नहुँदा कोरोनाले अर्थ–सामाजिक क्षेत्रमा पार्ने प्रभावका विषयमा अहिले पनि एक किसिमको अन्योल नै छ।

कोरोनाले पारेको असरका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायहरूका प्रतिवेदनका आधारमा तयार पारिएका सामग्रीहरूबाट नेपालमा कोरोना भाइरसले पारेको असरको प्रारम्भिक मूल्यांकनका लागि एकीकृत रूपमा पुस्तकाकार रुप दिइएको हो। यसले सबै अध्येतादेखि सर्वसाधारणका लागि समेत सन्दर्भ सामग्रीका रूपमा काम गर्ने र भविष्यमा कोरोनाका आर्थिक असरबारे अध्ययनपत्रहरू तयार गर्न सहयोगी हुने लेखकको भनाइ छ।

प्रकाशित: ३० श्रावण २०७७ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App