coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्दै नगरपालिका

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौमा निर्माणाधिनज कृषि उपज संकलन केन्द्र। तस्बिर : दमन / नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण सुरु गरेको छ। नगरपालिकाका ११ वटा वडाका किसानले उत्पादन गरेका खाद्यवस्तु, तरकारी तथा फलफुल संकलन गर्दै बिक्री गर्ने व्यवस्थाका लागि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा संकलन केन्द्र निर्माण सुरु गरिएको हो। किसानले उत्पादन गरेका तर बजार नपाइरहेका कृषि उपज खरिद गरिदिएर संकलन गर्दै बिक्री गर्नका लागि कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।  

नगरपालिकाकै ११ वटा वडामा कृषि उपज बिक्री वितरण र विनिमय गर्ने वाताबरण बनाइने, त्यसक्रममा वडाबाट बिक्री नभएका थोकवस्तुलाई नगरपालिकाले खरिद गरिदिएर संकलन केन्द्रमा पु¥याउने लक्ष्य राखिएको छ। कृषि उपज उत्पादन हुने तर विक्री नहुने समस्य हल गर्नका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरेको जनाएको छ। हालसम्म दुई वटा फलामे ट्रस र जमिनमा ढलान गरिने संकलन केन्द्रको हालसम्म ७५ प्रतिशत काम पुरा भएको मेयर राईले बताए। नगरपालिकाका अनुशार कृषि उपज संकलन केन्द्रको घेराबारा हाल्ने र ढलान गर्ने काम बाँकी छ। किसानलाई व्यवसायीकरुपमा कृषि पेशामा प्रोत्साहित गर्नका लागि कृषि उपज संकलन केन्द्रको अवधारणा अघि सारिएको हो। ‘कृषिजन्य थोक उत्पादन हुन्छ तर बजार पाउँदैन। कसैको उत्पादन खेर गइरहेको छ, कसैले किनेर पनि खान पाइरहेको छैन,’ मेयर राईले भने, ‘यही समस्या हल गर्न संकलन केन्द्र बनाउन थालिएको हो। किसानले जे सुकै कृषिवस्तु उत्पादन गरे पनि हामी बजारको ग्यारेन्टी गरिदिन्छौँ ।’  

लकडाउनका कारण निर्धारित समयमा कृषि उपज संकलन केन्द्र निर्माणको काम पुरा गर्न नसकिएको जनाइएको छ। हलेसी तुवाचुङ नगरपालिका धान, मकै, गहुँ, गहत, बदाम, तिल, जुनेलो, सुन्तला, कागती, नासपाती, हरियार सागपात लगायतका खाद्यवस्तु उत्पादनका लागि चर्चित छ ।

प्रकाशित: २९ श्रावण २०७७ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App