१६ चैत्र २०८० शुक्रबार
अर्थ

मजदुरमा कोरोना संक्रमण देखिएपछि दुईवटा उद्योग सिल

सुनसरी दुुहवीको सोनापुर क्षेत्रका दुईवटा उद्योगका मजदुरलाई कोरोना पोजेटिभ पुष्टि भएको छ। सोनापुरको पशुपति पेन्ट्स र पशुपति उद्योगमा कार्यरत तीन जना मजदुरलाई कोरोना पुष्टि भएको हो। यी मजदुरमध्ये विराटनगर वडा नं. ६, मोरङ ग्रामथान वडा नं. ५ र बुढीगंगा वडा नं. २ का पुरुष मजदुर छन्।

पिसिआर परीक्षण गर्ने क्रममा उद्योगबाट नमूनाको रुपमा केही मजदुरको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएपछि अहिले उद्योगमा सिल गरिएको दुहवी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वरप्रसाद महत्तोले बताए। उनका अनुसार उद्योग भदौ ५ गतेसम्म सिल गर्ने निर्णय गरिएको छ।

‘अहिले भेटिएका तीन जनाको कन्ट्र्यक्ट टे«सिङका आधारमा थपको पिसिआर परीक्षणको दायरा बढाइनेछ,’ महत्तोले भने, ‘त्यसपछि उद्योगमा अरु थप संक्रमित पुष्टि भएका त्यही अनुसारको रणनीति अप्नाएर काम गरिनेछ।’

सुनसरीका नाम चलेका उद्योग रिलायन्स, अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक, सनराइज पेपर मिल, एशियन थाइफुड, अन्नपूर्ण जुत्ता चप्पल उद्योग, पशुपति पेन्ट्स, पशुपति वायर, ओम प्लाई उडलगायतका थ्रपै उद्योगमा काम गर्ने कामदारको संख्या ठूलो  छ। यी उद्योगमा काम गर्नेलाई कोरोना संक्रमण फैलिए नियन्त्रण बाहिर जाने भएकाले गर्दा नियमनकारी निकाय सचेत रहँदै आएको छ। जिल्लामा सवैभन्दा बढी उद्योग इटहरीदेखि दुहवीसम्मको क्षेत्रमा छन्। 

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा पाँच सय भन्दा बढी साना तथा ठूला उद्योग सञ्चालनमा छन्। यी उद्योगका कामदारमा कोरोना संक्रमण फैलिए स्थिती नियन्त्रणमा लिन असहज हुने भएकाले गर्दा बेलैमा क्वारेन्टिन र आइसोलेसन निर्माण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सकुर्लर पनि जारी गरि सकेको छ।

सुनसरी मुख्य शहरी क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढ्दो भइरहेका बेला बिहीबार मात्र इटहरीमा १३ जनामा कोरोना पुष्टि भएको छ। यीमध्ये वडा नं. ५, ६, ७, ९, १४, १६, १७, १९ र २० वडाका रहेकोे इटहरी उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इटहरीमा अहिलेसम्म ४६ जनालाई कोरोना पुष्टि भइ सकेको छ। 

यहाँ दुई हजार एक सय ६० जनाको पिसिआर परीक्षण गरि सकेको जानकारी दिइयो। ‘अहिले इटहरीसहित अन्य स्थानमा समूह समूहमा कोरोना फैलिएर समूदायमा पुगी सकेको भएपनि नियन्त्रण बाहिर भने गोइ सकेको छैन,’ जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले भने। 

प्रकाशित: २९ श्रावण २०७७ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App