coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोनाले जलविद्युत् प्रवद्र्धकलाई लगानी जुटाउनै सकस

२१२५ मेगावाटलाई चार खर्बभन्दा धेरै लगानी आवश्यक

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेका जलविद्युत प्रवद्र्धक कम्पनीलाई आयोजनाको वित्तीय व्यवस्थापन गर्न चुनौती थपिएको छ। कोरोना भाइरस अर्थात् कोभिड–१९ को कारणले सिर्जित समस्याकै कारणले अध्ययनकै क्रममा रहेका जलविद्युत् आयोजना सबैभन्दा धेरै प्रभावित बनेका छन्। २१२५ मेगावाट क्षमताका ११२ वटा जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए ) गरेका छन्। तर, ति प्रवद्र्धक कम्पनीले अहिलेसम्म पनि वित्तीय व्यवस्थापन गर्न सकेका छैनन्।

पिपिए सम्झौता गरेका आयोजनालाई प्रतिमेगावाट २० करोडलाई आधारमान्दा ति आयोजनाको लागि कुल चार खर्ब २५ करोड रुपैयाँ कुल पुजीको आवश्यकता पर्छ। त्यो मध्ये जलविद्युत् प्रवद्र्धकले स्वपूर्जीमार्फत एक खर्ब २७ अर्ब र बैंकले २ अर्ब ९७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने अवस्था छ।  

निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकले कोभिड–१९ को महामारीकै बीचमा आयोजनाको वित्तीय व्यवस्थापनको लागि ३० प्रतिशत स्वपूजी जुटाउनुपर्ने बाध्यतामा रहेका छन्। आरती हाइडोपावर कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक प्रकाश दुलालले प्राधिकरणसँग पिपिए सम्झौता गरेका आयोजनाले वित्तीय व्यवस्थापन गर्नको लागि कुल लगानीको ३० प्रतिशत स्वपूजी व्यवस्थापन गर्न चुनौती थपिएको बताउँछन्। ‘कोभिड–१९ को कारणले पाँच महिनादेखि मुलुकको अर्थतन्त्र ठप्प जस्तै छ। यस्तो अवस्थामा आयोजनाको लागि लगानी जुटाउन धेरै समस्या छ,’ उनले भने, ‘कोभिड–१९ का कारणले बैंक तथा वित्तीय सस्था लगानी गर्न डराइरहेको अवस्था छ। अर्कातर्फ प्रवद्र्धक कम्पनीले पनि स्वपूजी जुटाउन सकिरहेका छैनन ।त्यसैले अहिले ठूलो समस्या देखिरहेको छ ।’ कोभिड १९ को कारणले अध्ययनकै क्रममा रहेका जलविद्युत् आयोजनाको अन्य काम ठप्प भएका छन् ।

‘कोभिडको कारणले जलविद्युत् आयोजनाको साइटमै पुगेर अध्ययन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘यस्तै अवस्था लामो समयसम्म रहने हो भने जलविद्युत् आयोजनालाई दिर्घकालिन समयसम्म असर पार्नेछ ।’कोभिड–१९ को कारणले पिपिए सम्झौता भएका आयोजनाले विस्तृत डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन,सार्वजनिक सुनुवाई, टोपोग्राफिकल सर्भे,हाइडोलोजिकल सर्भे, ड्रिलिङ, सामाजिक तथा  वातावरणीय प्रभाव लगायतका काम हुन पाएका छैनन्। नेपाल इन्भारमेन्ट एण्ड डेभलपमेन्ट कन्सल्टका प्रवन्ध निर्देशक नारायण खनालले कोभिड–१९ को कारणले जलविद्युत् उत्पादन अनुमति लिएका आयोजको वातावरणीय प्रभाव मूल्यांकन लगायतका अन्य काम प्रभावित भएको बताए। ‘जलविद्युत् आयोजनाको अध्ययनको लागि साइटमा अनिवार्य पुग्नै पर्छ। तर,अहिले साइटमा टेक्न समेत नपाउने अवस्था आएको छ ,’ उनले भने,‘कोभिड–१९ र वर्षात्को कारणले  जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, सार्वजनिक सुनुवाई लगायतका सम्पूर्ण काम अवरुद्ध भएका छन् ।’ उनका अनुसार कोभिड–१९ ले जलविद्युत क्षेत्रमा लामो समयसम्म असर पार्नेछ। नेपाल प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी खरिद बिक्री सम्झौता भएका अधिकांश आयोजनाले अहिलेसम्म वित्तीय व्यवस्थापन गर्न नसकेको बताउँछन् ।

‘निजी क्षेत्रका एक सय भन्दा धेरै आयोजनाले पिपिए सम्झौता गरेका छन्। तर, अहिलेसम्म वित्तीय व्यवस्थापन गर्न सकेका छैनन्, ’ उनले भने, ‘कोभिड–१९ को महामारीको जोखिम कायमै भएकाले पनि दूवैले खुलेर लगानी गर्न सकिरहेका छैनन ।’ उनले  कोभिड–१९को कारणले पिपिए सम्झौता भइसकेका आयोजनालाई लगानी जुटाउन अझै केही वर्ष लाग्न सक्ने अनुमान गर्छन।

कोभिड–१९को कारणले निर्माणाधीन जलविद्युत् आयोजनाको लगानी बढीरहेको छ। अर्काेतर्फ पिपिए सम्झौता भएका आयोजनालाई वित्तीय व्यवस्थापनमा समस्या भइरहेको परिपेक्षमा उत्पादन अनुमतिपत्र र अध्ययन अनुमतिपत्र जारी भएका आयोजनालाई थप स्रोत जुटाउन अझै कठिन हुने  देखिएको छ।  

विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष ०७६ ७७ मा सात सय १२ मेगावाट क्षमताको आयोजना निर्माणको लागि ३७ वटा प्रवद्र्धक कम्पनीले विद्युत् उत्पादन अनुमतिपत्र लिएका छन् ।त्यसैगरी आव २०७६ ७७ मा ३८ वटा जलविद्युत् प्रवद्र्धक कम्पनीले एक हजार सात सय ७२ मेगावाट क्षमताको विद्युत्  ।उत्पादनको सर्भेक्षण अनुमतिपत्र लिएर अध्ययन थालेका छन्।

प्रकाशित: २९ श्रावण २०७७ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App