७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुनकाे मूल्य बढ्यो

नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला ६ हजार २ सयले घटेको सुनको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९ सय रुपैयाँबाट बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

तोलामा एक लाखमाथि पुगेको सुनको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्यमा पनि प्रतितोला ८५ रुपैयाँ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।

प्रकाशित: २९ श्रावण २०७७ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App